default_image

2 years ago

October 15, 2022

सरस्वतीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

196 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला १ सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।

सरस्वतीले लुम्विनी प्रदेशकी निशा चौधरीले शनिबार बिहान हिट चरणमा राखेको कीर्तिमानलाई भंग गर्दै स्वर्ण जित्न सफल भएकी हुन् ।

सरस्वतीले निर्धारित दुरी १२.१३ सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएकी हुन् । त्यसअघि निशाले हिटमा १२.१५ सेकेन्डमा दुरी पार गर्दै देवी माया पनेरुले सन् १९९९ को दक्षिण एसियाली खेलकुद (साग) मा राखेको कीर्तिमानलाई तोडेकी थिइन् ।

हिटमा कीर्तिमान बनाएकी निशाले फाइनल चरणमा भने १२.२२ सेकेण्डमा पुरा गर्दै रजतमा चित्त बुझाइन् । आर्मीकी रमिता थारुले १२.९३ सेकेन्डमा दुरी पार गर्दै कास्य जित्न सफल भइन् ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

January 31, 2025

पदक विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली शुक्रवार स्वदेश फर्किएको छ। माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती […]

January 25, 2025

सन्तोषी र राजन प्रोटिन हाफ म्याराथनको विजेता

काठमाडौं(हाम्रो खेलकुद) – ओलम्पियन सन्तोषी श्रेष्ठले र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जितेका छन्। महिला विजेता सन्तोषी र पुरुष विजेता राजन दुवैको यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि […]

Success

Thank you for your time.