default_image

3 years ago

May 27, 2022

कान्तिपुर हाफ म्याराथन अर्को शनिबार

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ यसै महिना आयोजना हुने भएको छ । आयोजक कान्तिपुर मिडिया ग्रुपले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १०औं संस्करणको हाफ म्याराथन जेठ २१ गते शनिबार हुने जानकारी गराए ।

कोभिड १९ को महामारीका कारण यसअघिको दुई वर्ष हाफ म्याराथन आयोजना गर्न नसकिएको र यसपटक देखि सोही प्रतियोगितालाई निरन्तरता दिन लागिएको पब्लिकेसनका सहायक महाप्रबन्धक महेश स्वाँरले जानकारी दिए ।

नेपाल एथलेटिक्स सघंको प्राविधिक सहयोगमा हुने हाफ म्याराथन (२१.१ किलोमिटर), ३ किमिको ह्विल चेयर दौड र ५ किमिको कर्पोरेट दौड हुनेछ । सबै विधामा गरी करिव ४ हजार धावकले भाग लिने आयोजकले दावी गरेको छ ।

हाफ म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धाका विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले समान ५० हजार र तेस्रो हुनेले समान ३० हजार प्राप्त गर्नेछन् । चौथो र पाँचौले २० हजार १० हजार प्राप्त गर्नेछन् ।

हाफ म्याराथन कान्तिपुर पब्लिकेसन थापाथलीबाट सुरु भई माइतीघर, बानेश्वर, तिनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, गट्ठाघर, सानोठिमी हुँदै सल्लाघारी चोक पुगेर सोही रुट फिर्ता हुदै कान्तिपुर पब्लिकेसनमा आएर सकिने छ ।

ह्विल चेयरतर्फको महिला र पुरुष विजेताले समान ३० हजार, दोस्रो हुनेले समान २० हजार र तेस्रो हुनेले समान १० हजार प्राप्त गर्नेछन् । ह्विल चेयर दौड कान्तिपुर पब्लिकेसन थापाथलीबाट सुरु भई माइतीघर मण्डला घुमेर पुन कान्तिपुर पब्लिकेशन आएर सकिने छ ।

कर्पोरेटतर्फको विजेताले पोखरामा २ रात र ३ दिनको तथा घुम्ने प्याकेज पाउनेछ । दोस्रो हुनेले नगरकोटमा रातको प्याकेज र तेस्रोले माउन्टेन फ्लाइटको टिकट प्राप्त गर्नेछन् ।

कर्पोरेट दौड कान्तिपुर पब्लिकेसन थापाथलीबाट सुरु भई माइतीघर, बानेश्वर हुँदै सिभिल हस्पिटल पुगेर पुन त्यहिँ बाटो फर्केर कान्तिपुर पब्लिकेशन थापाथली आएर टुंगिने छ । खेलाडी दर्ता जेठ ११ बाट शुरु भइसकेको छ। खेलाडी दर्ता १७ जेठसम्म रहनेछ । हाफ म्याराथनको मुख्य प्रायोजकमा एनआइअी एसिया बैंक रहेको छ ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहेको छ । दि ब्रिटिस कलेज, पाठशाला नेपाल फाउन्डेसन, सिटिजन लाईफ इन्स्योरेन्स, टर्किस एअरलाइन्स, केएफसी, पिजा हट, ह्याम्स अस्पताल, डिस होम फाइवर नेट र वेलडन एडभरटाइजिङ सह प्रायोजक रहेका छन् ।

कान्तिपुर हाफ म्याराथनका हालसम्मका सम्मका विजेताहरु
२०६७– अर्जुन कुमार बस्नेत / कान्छीमाया कोँजु
२०६८– हरि कुमार रिमाल / बृन्दा श्रेष्ठ
२०६९– कल्याण बाँनिया / कान्छीमाया कोँजु
२०७०– अनिष थापामगर / कान्छीमाया कोँजु
२०७१– हरि कुमार रिमाल / विश्वरुपा बुढा
२०७२– गोपीचन्द्र पार्की / रेशु बस्नेत
२०७३– हरि कुमार रिमाल / कान्छीमाया कोँजु
२०७४-७५ – हरि कुमार रिमाल / कान्छीमाया कोँजु
२०७५–७६ – अनिष थापामगर / विश्वरुपा बुढा

May 5, 2025

अल्ट्रा रनरहरुद्वारा एक्स्टेप आउटलेटको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 16, 2025

सन्तोषी लन्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]

Success

Thank you for your time.