3 years ago
April 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफकी पुष्पा भण्डारी र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले दोश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि जितेका छन् ।
पुष्पा र दीपक दुवै दुई वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । पुष्पाले रजत र दीपकले कास्य पदक जितेका थिए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मती प्रदेशद्वारा शनिबार आयोजित हाफ म्याराथन पुष्पाले १ घण्टा २१ मिनेट ५० सेकेन्डमा पूरा गरेकी थिइन् । एपीएफकै विन्द्रा धन्के श्रेष्ठ (१ घण्टा २७ मिनेट ४४ सेकेन्ड) दोश्रो र नेपाल पुलिस क्लबकी रेखा विष्ट (१ घण्टा ४१ मिनेट १८ सेकेन्ड) तेश्रो भइन् ।
दीपकले निर्धारित दूरी तय गर्न १ घण्टा ५ मिनेट ३४ सेकेन्ड पूरा गर्दै पहिलो स्थान प्राप्त गरे । बागलुङका तीर्थकुमार पुन (१ घण्टा ६ मिनेट ५५ सेकेन्ड) दोश्रो तथा आर्मीका राजन रोकाया (१ घण्टा ८ मिनेट ४९ सेकेन्ड) तेश्रो भए ।
महिला र पुरुष दुवैतर्फका विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो खेलाडीले २० हजार रुपैयाँ प्राप्त गरे । विजेतालाई नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, नेपाल कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ, आयोजकका अध्यक्ष दीपक गुरुङलगायत पुरस्कृत गरे । दौड गोल्फुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः गोल्फुटारमै पुगेर टुंगिएको थियो ।
समापनमा आयोजकले ओलम्पियन तेक्वान्दोकी संगीना वैद्य, बक्सिङका मथुरादास नेवाः, भलिबलका भरत शाह, एथलेटिक्सकी राजकुमारी पाण्डे र खेल पत्रकार राजु सिलवाललाई नगदसहित प्रशंसा पत्रबाट सम्मान गरेको थियो ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]