8 years ago
November 30, 2016
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै दुई साताअघि हङकङको अक्सफाम ट्रयालवाकर २०१६ को १ सय किलोमिटर अल्ट्रा दौडको उपाधि जित्ने नेपाली टोलीलाई वि विल राइज फाउन्डेसनले बुधबार सम्मान गरेको छ । मंसिर ४ गते भएको प्रतिस्पर्धामा बेदबहादुर सुनुवार, पूर्ण तामाङ, तीर्थबहादुर तामाङ र भिमबहादुर गुरुङ सम्मिलित टोलीले सय किलोमिटर दौड ११ घन्टा १ मिनेटमा पुरा गर्दै उपाधि जितेको थियो । टोलीका चारै खेलाडी नेपाली सेनाका हुन् ।
पछिल्लो तीन बर्षमा यसपटक सबैभन्दा छिटो दौड पुरा भएको थियो । पहिलो हुने टोलीले गत बर्ष ११ घन्टा ५८ मिनेट र सन् २०१४ मा ११ घन्टा ५६ मिनेटमा दौड पुरा गरेका थियो । यसपटक विभिन्न विधामा गरि १० हजार भन्दा बढीले दौडमा भाग लिएका थिए । साइ कुङबाट सुरु भएको दौड युन लोङ पुगेर टुंगिएको थियो । आयोजकले ४८ घन्टा भित्र दौड पुरा गर्नका लागि कटआउट टाइम तोकेको थियो ।
तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको प्रदर्शनका आधारमा एलिट मान्यताका साथ नेपाली टोलीलाई आयोजकले नै सबै खर्च बेहोर्ने गरी निमन्त्रणा प्राप्त गरेको थियो । यसपटकको एभरेष्ट म्याराथनका बेदबहादुर विजेता र पूर्णबहादुर उपविजेता हुन् । तीर्थबहादुर यो बर्षका एभरेष्ट अल्ट्रा रेसका विजेता हुन् । भीमबहादुरले दुई बर्षअघि अन्य खेलाडीसँग मिलेर अक्सफामको उपाधि जितेका थिए ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]