default_image

7 years ago

December 9, 2017

खेलकुद मन्त्री केसी काठमाडौं क्षेत्र नं १० बाट पुनः निर्वाचित

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । केसी काठमाडौं क्षेत्र नम्बर १० बाट केसी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वि बामगठबन्धनका नेकपा माओवादी केन्द्रका हितमान शाक्य थिए ।


राजेन्द्रकुमार केसी । फाइल तस्बिर

केसीले शाक्यलाई २ हजार २ सय ८३ मतले पछि पारेका थिए । दोस्रो संविधान सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराए केसी चर्चामा आएका थिए । यसपटक केसीले यसपटक २४ हजार १ सय ९० मत प्राप्त गरेका थिए ।

शाक्यले २१ हजार ९ सय ७ म प्राप्त गरेका छन् । यसअघि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

Success

Thank you for your time.