default_image

8 years ago

June 18, 2017

खेलकुद अस्पताल तीन बर्षमा निर्माण हुने, सिलान्यासमा पूर्वमन्त्री श्रीपाली

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तीन बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद अस्पतालको आइतबार सिलान्यास गरिएको छ । निवर्तमान युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा र राखेपका सदस्य–सचिव केशवकुमार विष्टले अस्पतालको संयुक्तरुपमा सिलान्यास गरे ।


जेठ २० गते श्रीपालीको अध्यक्षतामा बसेको राखेपको १ सय आठौं राखेप बोर्ड बैठकले खेलकुद अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको लनटेनिसको पूर्वाधार रहेको छेउमा अस्पताल निर्माण गर्न लागिएको हो । तीन तलाको अस्पताल इमर्जेन्सी बाहेक १० शैय्याको हुने बताइएको छ । करिब १४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको अस्पतालका लागि आर्थिक वर्षमा पनि बजेटको व्यवस्था भइसकेको छ ।

सिलान्यासपछि श्रीपालीले खेलकुद र खेलाडी जगतका लागि ऐतिहासिक कार्यको प्रारम्भ भएको बताउदै खेलकुद अस्पताल निर्माण सम्पन्न गर्नु आफ्नो लक्ष्य रहेको बताए । राखेपका उपाध्यक्ष शेर्पाले खेलकुद अस्पतालका लागि आवश्यक पर्ने साधन र विज्ञका विषयमा पनि ध्यान दिनु पर्नेमा जोड दिए ।

सदस्य–सचिव विष्टले खेलकुद अस्पतालको सिलान्यास सस्तो लोकप्रियता र प्रचारबाजीका लागि नभइ खेलाडी र खेलकर्मीको सुविधालाई ध्यानमा राखि निर्माण गर्न लागिएको बताए । उनले नयाँ आर्थिक वर्षको बजेटमा समेत परिसकेकोले निर्माण कार्यको प्रकृया अगाडि बढ्दै जाँदा अर्थ मन्त्रालयबाट थप बजेट निकासा हुने विश्वास व्यक्त गरे । उनले निवर्तमान मन्त्री श्रीपालीको विशेष पहलमा अस्पताल निर्माण कार्यलाई अगाडि बढाउन सफल भएको उल्लेख गर्दै लनटेनिसको पूर्वाधारलाई असर नपर्ने गरी अस्पताल निर्माण गरिने बताए ।

Success

Thank you for your time.