8 years ago
May 24, 2017
काठमाडौं (काठमाडौं)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएका अर्जुनबहादुर केसीलाई नेपाल बक्सिङ संघले बधाई दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केसीलाई राखेप बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
राखेपका नवनियुक्त सदस्य अर्जुनबहादुर केसीलाई बधाई दिदै नेपाल बक्सिङका अध्यक्ष राम अवाले (दायाँ)।
राखेपको बोर्ड सदस्यमा नियुक्त भएका केसीलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मंगलवार साँझ बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिए ।
केसीले बक्सिङ खेलका साथै समग्र खेलकुद क्षेत्रको विकास र विस्तारमा सदैव लागिपर्ने प्रतिबद्धता जनाए । राखेपको बोर्ड सदस्यमा नियुक्त भएका केसी संघका वरिष्ठ उपाध्यक्ष हुन् । पूर्व बक्सिङ खेलाडी केसी माओवादी केन्द्रको कोटामा नियुक्त भएका हुन् ।