default_image

3 weeks ago

April 24, 2025

७ संघ पूर्नगठनमा एनओसीको आपत्ति

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकले विभिन्न ७ खेलकुद संघ पूर्नगठनमा गरेकोप्रति नेपाल ओलम्पिक कमिटी एनओसी) ले आपत्ति जनाएको छ।‌

गत चैत २९ गते युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राखेपको १ सय २२ औं बोर्ड बैठकले ब्याडमिण्टन , टेनिस, साइक्लिङ्ग, भारोत्तोलन, एथलेटिक्स, ह्याण्डबल र जिम्न्याष्टिक संघलाई विघटन गरेर तदर्थ समिति गठन गरेको थियो।

राजनैतिक आग्रह पूर्वाग्रहको आधारमा विघटन गरिएको र तर्दथ समितिमा पनि सोही आधारमा पदाधिकारी राखिएको एनओसीका महासचिव राजीव श्रेष्ठले बिहीवार विज्ञप्तिमार्फत राखेपमाथि आरोप लगाएक छन् ।

साथै राखेप यो कदम खेलकुद विकास ऐन २०७७, नेपालको खेलकुद विकास नियमावली २०७९ र ओलम्पिक चार्टर विरुद्ध रहेको एनओसीले जनाएको छ ।

एनओसीले गलत निर्णय सच्चाउनको लागि पनि आग्रह गरेको छ।‌ साथै एनओसी नेपाली खेलकुद विकासका लागि ओलम्पिक चार्टर अनुसार सरकारसँग सहकार्य गर्ने तयार रहेको पनि उल्लेख गरेको छ।

तर राखेपले एनओसीको पुस १३ भएको निर्वाचनलाई‌ अवैध ठहर गरेको थियो। अहिले पनि युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा सातदोबाटो स्थित ओलम्पिक भवनमा तालाबन्दी जारी छ।

Success

Thank you for your time.