20 hours ago
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुरको सातदोबाटोस्थित आफ्नो कार्यालय भवनमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा ताला लगाइएको घटनाप्रति नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आपत्ति जनाएको छ।
विना सुचना र पत्र ताला लगाइएको भन्दै एनओसीले सोमवार प्रेस विज्ञप्तिमार्फत विरोध जनाएको हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को मान्यता प्राप्त एनओसी स्वायत्त संस्था रहेको उल्लेख गर्दै नेपालको खेलकुद विकास ऐन २०७७ र खेलकुद विकास नियमावली २०७९ अनुसार सरकारसँग समन्वय गर्दै आफ्नो कार्य संचालन गरिरहेको दाबी गरेको छ।
आइओसीले सरकारी हस्तक्षेप अस्वीकार्य गर्ने र ताला बन्दी ओलम्पिक अभियान विरुद्ध भएको एनओसीको भनाई छ।
सरकारको हस्तक्षेपका कारण नेपाली खेलाडीको आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितामा प्रत्यक्ष असर पर्ने विषयलाई एनओसीले दोहोराको छ।
साथै हस्तक्षेपबाट उत्पन्न हुने परिणामको सम्पूर्ण जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालयले लिनुपर्ने एनओसीले जिकिर गरेको छ।
एनओसीसँग सम्बन्धित मुद्दा हाल अदालतमा विचाराधीन रहेको अवस्थामा अदालतको नाममा कार्यालयमा ताला लगाउने कार्य गैरजिम्मेवार र कानून विपरीत रहेको एनओसीको बताएको छ।
साथै एनओसीले आइओसीलाई पछिल्लो घटना क्रमको ध्यानाकर्षण गराउने तयारी भएको पनि जनाएको छ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनओसी अवैध र उसले गरेको कुनै पनि कामलाई सरकारले नहुने स्पष्ट पारेका थिए।
जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको एनओसीले शुक्रवार आफूहरुलाई वैदेशिक यात्राबाट रोक्न खोजेकोमा सरकारको आलोचना गरेको थियो।