default_image

2 hours ago

March 1, 2025

राष्ट्रिय फेन्सिङ – आर्मी र गण्डकी च्याम्पियन

74 views

0 Bookmark

पोखरा ( हाम्रो खेलकुद)- प्रथम गण्डकी राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब सिनियर र आयोजक गण्डकी प्रदेश जुनियरतर्फ च्याम्पियन भएको छ ।

गण्डकी प्रदेश फेन्सिङ संघ र कास्की जिल्ला फेन्सिङ संघको संयुक्त आयोजना तथा नेपाल फेन्सिङ संघको प्राविधिक सहयोगमा शनिवार पोखरामा प्रतियोगिता सम्पन्न भएको हो।

सिनियरमा आर्मी ६ स्वर्ण, ४ रजत र ५ कास्य पदकसहित च्याम्पियन बन्यो । गण्डकी ४ स्वर्ण, ३ रजत ९ कास्य पदकका साथ जुनियरतर्फ च्याम्पियन भयो ।

सिनियर पुरुष फोइल इन्डिभिजुअलमस आर्मीका वीर सिंहले स्वर्ण पदक जिते। आर्मीकै मिन कार्कीले रजत, सुदूरपश्चिमका लक्ष्य शाही र आर्मीका नरेन्द्र धामीले कास्य पदक प्राप्त गरे।

सिनियर महिला फोइल इन्डिभिजुअलमस बागमतीकी गोमा आचार्यले स्वर्ण, आर्मीकी रमा सिंहले रगत तथा आर्मीकै आशा कुमारी गुरुङ र मनीषा थापाले कास्य पदक जिते ।

जुनियर पुरुष इपीमस गण्डकीका सचिन खत्रीले स्वर्ण पदक जिते । सुदुर पश्चिमका भरत देवसँगकि फाइनलमा सचिनले पहिलो राउण्ड गुमाए पनि दोस्रो र तेस्रो राउण्डमा कम व्याक गर्दै विजयी भए । त्यसमा सुदूरपश्चिमका प्रवीण शाह र गण्डकीका प्रशान्त गुरुङले कास्य पदक प्राप्त गरे ।

जुनियर महिला इपी इन्डिभिजुलको फाइनलमा गण्डकीकी निती खाँडलाई पराजित गर्दै सुदूरपश्चिमकी नितीषा भण्डारीले स्वर्ण पदक जितिन् । सो स्पर्धामा गण्डकीका रिसिका कँडेल र अपेक्षा पौडेलले कास्य पदक प्राप्त गरे।

गण्डकीले जुनियर इपी टिम इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्यो । बागमतीले रजत र सुदूरपश्चिमले कास्य पदक जित्यो।

फोइल टिम इभेन्ट सिनियर पुरुषमा आर्मीले स्वर्ण, एपिएफले रजत तथा सुदूरपश्चिम र गण्डकीले कास्य पदक जित्यो । महिलातर्फ आर्मीले स्वर्ण, बागमतीले रजत तथा गण्डकी र एपिएफले कास्य पदक जिते ।

विजेता टोलीलाई नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठ, कोषाध्यक्ष एवं जुरी हेड अनुप कपाली, पोखरा उद्योग बाणिज्य संघकी महासचिव शोभा गौतम, गण्डकी फेन्सिङ संघका अध्यक्ष विजय शाही, प्रतियोगिताका संयोजक महेश पौडेललगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा आयोजक गण्डकी , आर्मी, एपिएफ , बागमती, कोशी र सुदूरपश्चिम गरि ६ टोलीका १ सय ७० खेलाडी तथा अफिसियलको सहभागिता रहेको गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिए ।

Success

Thank you for your time.