default_image

11 hours ago

February 10, 2025

एनओसीको बैंक खाता रोक्न पत्राचार!

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अदालतको निर्णय विरुद्ध गरेको निर्वाचन मान्य नहुने दोर्याएका छन्।

उनले यो विषयमा नडराउने र मन्त्रालयले खुट्टा नकमाउने पनि स्पष्ट पारे । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २९ औं वार्षिकोत्सको अवसरमा एनएसजेएफ पत्रकारिता पुरस्कार कार्यक्रममा सोमवार एनओसीको खाता रोक्का र पदाधिकारीहरूको विदेश भ्रमण रोक्न युवा तथा खेलकुद मन्त्रालयले पत्राचार गरिसकेको बताए।

मन्त्री चौधरीले अर्थ मन्त्रालय र गृह मन्त्रालयमा पत्र पुगिसकेको हुनुपर्ने जनाउँदै खेलकुद मन्त्रालयले एनओसी निर्वाचन अवैध रहेको भन्दै आएको छ। पछिल्लो समय एनओसीले गर्ने कार्यक्रममा पनि प्रहरी खटाएर रोक लगाएको थियो।

सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड र सदस्य सचिव माथी नेपाल उसु महासंघका केहि व्यक्तिहरुले गरेको दुर्व्यवहार प्रति विरोध गरे। यो हर्कत गर्ने जो कोहीलाई पनि कारबाही गरिने पनि मन्त्री चौधरीले स्पष्ट पारे।

Success

Thank you for your time.