default_image

2 hours ago

February 6, 2025

एनओसी निर्वाचनमा भाग लिने राष्ट्रिय संघहरुलाई राखेपको ‘अल्टिमेटम’

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनलाई मान्य नहुने भन्दै विभिन्न निर्णयहरू गरेको छ।

राखेप सदस्य सचिव टंकलाल घिसिङ र कार्यकारी समिति को निर्णय सार्वजनिक गर्ने क्रममा बिहीवार एनओसीको पु १३ गते भएको निर्वाचनमा सहभागी ८ संघहरूलाई अबको तीन दिनभित्र उचित कारण सहित जवाफ दिन समय दिएको छ।

चित्त बुझ्दो जवाफ नआएको खण्डमा ८ खेल संघको बैंक खाता रोक्का, पदाधिकारीहरुलाई वैदेशिक सहभागितामा रोक लगाउने र सरकारी भौत्तिक पूर्वाधार प्रयोगमा समेत रोक लगाउने चेतावनी राखेपले दिएको छ।

नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघ, बास्केटबल , आर्चरी , भलिबल , स्की , जुडो, गल्फ र बक्सिङ संघलाई राखेपले जवाफ मागेको हो।

एनओसीको प्रारम्भिक निर्वाचनमा सहभागी भएता पनि कार्य समितिबाट राजिनामा दिने अखिल नेपाल फुटबल संघ, नेपाल हक्की संघ र नेपाल तेक्वान्दो संघ लाई राजीनामाको एकिन गरि पेश गर्न ३ दिनको समय राखेपले दिएको छ।

यसैगरी निर्वाचन नगर्ने भारत्तोलन संघ, साईक्लिङ संघ, ब्याडमिण्टन , जिम्न्यास्टिक संघ र टेनिस संघलाई पनि जवाफ दिन भनेको छ।

यस्तै विवादित खेल संघहरुमा अन्तराष्ट्रिय मान्यताको आधारमा अदालतको अन्तरिम आदेश विरूद्ध र राखेलको निर्देशनलाई पालना नगरेको भन्दै भ्रष्टाचार निवारण ऐेन अनुसार कारबाही गर्न सक्ने निर्णय गरेको छ।

यसको लागि अखिल नेपाल टेबल टेनिस संघको प्रतिनिधित्व गरेको चतुरानन्द राजबैद्य, उसु महासंघका लाक्पा छिरिङ लामा, पौडी संघका अशोकरत्न बज्राचार्य, कुस्ती संघका समिम मियाँ अन्सारी र  ह्याण्डबल संघका तेज बहादुर गुरुङ्गलाई सफाई सहित जवाफ पेश गर्न ३ दिनको समय दिइएको छ।

नेपाल कराते महासंघले एनओसीको निर्वाचनमा सहभागी भई तोकिएको समय भित्र स्पष्टीकरण पेश नगरेकोले ३ दिनभित्र जवाफ दिनेगरी स्पष्टिकरण सोध्ने भएको छ।

यसरी राखेपको बोर्ड बैठकले अदालतको निर्णय विपरित गरेको एनओसी निर्वाचनलाई केन्द्रीत गरेर निर्णयहरू गरेको छ। निर्वाचनलाई युवा तथा खेलकुद मन्त्रालय र परिषदले मान्य नहुने भन्दै आएको छ।

सर्वोच्च अदालतको निर्वाचन नगर्नु नगराउनु भन्ने आदेशको अवज्ञा र त्यसको आधारमा राखेप दिएको निर्देशनको अटेर गर्दै भएको अनलाईन मतदानमार्फत अध्यक्षमा जीवनराम श्रेष्ठलाई निर्वाचित भएका थिए।

बाँकी १८ जना निर्विरोध निर्वाचित भएका थिए। तर त्यसमध्ये दुई उपाध्यक्ष प्रकाश शम्सेर राणा र अनिल प्रसाद शर्मा तथा दुई सदस्य मनिष जोशी र जीतेन्द्रबहादुर चन्दले पदबाट राजीनामा दिइसकेका छन्।

Success

Thank you for your time.