default_image

1 month ago

September 13, 2024

सरकारद्वारा पलेशा ६५ लाखले पुरस्कृत

267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलिम्पिक्स २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्धनसहित प्रशिक्षक, व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् ।

मन्त्रिपरिषद्को भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ रुपैयाँ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो ।

यस्तै उनका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार रुपैयाँबाट पुरस्कारसहित सम्मान गरिएको छ ।

युुवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको बताए ।

प्रधानमन्त्री ओलीले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताए ।

युुवा तथा खेलकुुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुुद परिषद्का सदस्य टङ्कलाल घिसिङ, नेपाल तेक्वन्दो सङ्घका पदाधिकारीलगायत सहभागिता थियो।

पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के–४४ क्याटाकोरी अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई पराजित गर्दै कास्य जितेकी थिइन् । उनी ओलम्पिक/ पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

Success

Thank you for your time.