default_image

2 months ago

July 16, 2024

ओलम्पिक भाग लिने नेपाली टोलीलाई कोमोरेबीको पोशाक

374 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीका सदस्यले कोमोरेबीले उपलब्ध गराएको पोशाक प्रयोग गर्ने भएका छन् ।

कोमोरेबीले मंगलबार एक समारोहबीच पोसाक नेपाल ओलम्पिक कमिटी (एनओसी) पोशाक हस्तान्तरण गरेको छ ।

सातदोबाटो स्थित एनओसी कार्यालय आयोजित कार्यक्रममा कोमोरेबीका सिइओ भ्यालेन्टाइन डेनिएलले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई पोशाक हस्तान्तरण गराएका हुन् ।

कोमोरेबीसँग यसअघि भएको सम्झौता अनुसार पोशाक उपलब्ध भएको एनओसीले जनाएको छ । कोमोरेबी फ्रान्सेली टेक्सटाइल कम्पनी हो ।

सम्झौता अनुसार ओलम्पिकमा सहभागी हुने टोलीका सदस्यलाई जुत्ता, मोजा, ट्रायकसुट, क्याजुएल प्यान्ट, ब्यागप्याक र स्पोर्टस ब्याग उपलब्ध हुनेछ ।

कार्यक्रममा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यलगायतको उपस्थिति रहेको थियो ।

फ्रान्सको पेरिसमा ३३ औं गृष्मकालीन ओलम्पिक जुलाई २६ बाट सुरु हुँदैछ । प्रतियोगितामा नेपालका तर्फबाट ७ खेलाडीको सहभागिता रहनेछ । 

जसमा ब्याडमिन्टको प्रिन्स दाहाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधान रहेका छन् । स्यान्टु छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुँदैछन्।

Success

Thank you for your time.