default_image

5 years ago

August 12, 2020

राखेपमा खेलाडीको स्वाब संकलन

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लायन्स क्लब अफ काठमाडौं मेल्भिन जोन्सको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)को संयोजनमा बुधबार ब्याडमिन्टन खेलाडीसहित अन्य खेलका खेलाडी, पदाधिकारी र कर्मचारीको [पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको छ ।

प्रशिक्षणमा रहेका ब्याडमिन्टनका खेलाडी र प्रशिक्षक गरी २० खेलाडी, कबड्डीका १५ जना, भलिबल, कराते, तेक्वान्दो, टेवल टेनिस, बक्सिङ र एथ्लेटिक्सका खेलाडीको स्वाङ संकलन गरिएको हो । यससँगै नेपाल ओलम्पिक कमिटिका कर्मचारी, राखेप कर्मचारी, विभिन्न खेल संघका पदाधिकारीको राखेप हाताभित्र स्वाव संकलन गरिएको राखेप सदस्य, नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौं मेल्भिन जोन्सका अध्यक्ष सुभास श्रेष्ठले जानकारी गराए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश कुमार सिलवालसँगै भलिबलकी प्रतिभा माली, सलिना श्रेष्ठ र उषा भन्डारीलगायतले आरटी पिसिआर परिक्षण गराएका थिए । खेलाडी, राखेप पदाधिकारी तथा कर्मचारी, ओलम्पिक कमिटिका कर्मचारी सहित खेलकुद क्षेत्रका २०० जनाको स्वाव संकलन गरिएको लायन्स क्लब अफ काठमाडौं मेल्भिन जोन्सका अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

Success

Thank you for your time.