default_image

5 years ago

April 17, 2020

‘सागको दयारा बढाउने बेला आएको छ’ : पूर्व सदस्य सचिव लामा

143 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

भौतिक पूर्वाधार निर्माण र खेलकुदका विकासका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाहलाई अहिले पनि स्मरण गरिन्छ । पन्चायतकालमा झन्डै एक दशक खेलकुदको मुख्य जिम्मेवारी रहँदा शाहले खेलकुद विकासलाई गति दिएको, खेलकुदलाई अनुशासित र मर्यादित बनाउने प्रयास गरिरहेका खेलकुदका पुराना पुस्ताका खेलाडीले अहिले पनि उनलाई याद गर्ने गरको पाइन्छ । यद्दपी शाहका आलोचक नभएका भने होइनन् । उनको कामलाई आलोचनात्मक रुपमा हेर्नेहरु पनि खेलकुदमा छन् ।

त्यसपछि राखेपको नेतृत्वमा थुप्रै सदस्य सचिव आए र गए पनि । त्यसमध्ये युवराज लामा एक हुन् । खेलकुदमा कतिपयले शाह पछि खेलकुदका लागि प्रभावकारी सदस्य सचिवका रुपमा लामालाई हेर्ने गरेको पाइन्छ । तत्कालिन नेकपा एकिकृत माओवादीका तर्फबाट राखेपको सदस्य सचिवको जिम्मेवारी पाएका लामाले आफ्नो समयमा शाहकै स्तरमा नभएपनि भौतिक पूर्वाधार निर्माण र खेलकुदलाई सामूहिक नेतृत्वका आधारमा चलाउने अभ्यास भने गरेका थिए ।

यद्दपी लामाको भूमिकाको आलोचना नभएको भने होइन । खास गरि तत्कालिन नेकपा एमालेका तर्फबाट युवा तथा खेलकुद मन्त्री बनेका पुरुषोत्तम पौडेल र राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पासँग उनको विवाद थियो । कार्यकालको पछिल्लो एक वर्ष लामा आफ्ना अविभावकका रुपमा रहेका मन्त्री पौडेलका विरुद्ध सर्वाेच्च अदालत पनि गएका थिए । तमाम अप्ठ्यारा र मुद्दा मामिलाका बीच पनि लामाले आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेका थिए । प्रजातन्त्र प्राप्त पछि सदस्य सचिव नियुक्त भएका विनोद शंकर पालिखेपछि ४ वर्षे कार्यकाल पूरा गर्ने लामा पहिलो सदस्य सचिव थिए । अन्यथा खेलकुदमा सरकार परिवर्तनसँगै राखेपको नेतृत्व परिवर्तन स्वभाविक हुने गर्थ्यो ।

लामाले २०६८–०७२ सम्म राखेपको बागडोर सम्हालेका एकिकृत माओवादी र एमालेबीच तिक्तता पनि त्यत्तिकै थियो । लामा स्मरण गर्छन्,‘ मैले पुरुषोत्तम जीलाई ८ वटा सम्म मुद्दा हालेको थिए । एमालेले मलाई कुनै पनि हालतमा निकाल्नु पर्ने उहाँलाई निर्देशन थियो । मलाई कुनै हालतमा नछाड्ने पार्टीको निर्देशन । त्यसमै कार्यकालको पछिल्लो एक वर्षको बढी समय खर्चियो । त्यसले एउटा नजिर चाहीँ बस्यो । ४ वर्षे कार्यकाल पूरा गर्न दिने परम्परा बस्यो । जसले म पछि आउँनु भएका केशवकुमार विष्टलाई पनि फाइदा पुग्यो । उहाँले पनि कार्यकाल पुरा गर्न पाउनुभयो ।’

तत्कालिन मन्त्री पौडेलसँग विवाद नभएको भए अझै सकारात्मक काम गर्न सकिन्थ्यो भन्ने उनलाई अहिले पनि लाग्छ । लामा आफ्नो कार्यकाललाई सम्झनुपर्दा लामो समयदेखि रोकिएको भौतिक पूर्वाधार विकासको सुरुवात, राखेपमा सदस्य सचिवको जंगे अधिकारलाई कार्यविधि र निर्देशिका बनाएर व्यवस्थित गरेको बताउँछन् । उनले भने, ‘अर्को राष्ट्रिय टोलीलाई सधै तयारी अवस्थामा राख्नुपर्छ भन्ने कामको सुरुवात आफुले गरेकोमा खुसी लाग्छ ।’

राखेपमा सदस्य सचिवको कार्यकाल पुरा गरेपछि लामा यति बेला बाराको निजगढमा होटल व्यवसायिका रुपमा सक्रिय छन् । काठमाडौं आएको समयमा चलचित्रकर्मी समेत रहेका लामाले खेलकुदमा आफ्नो अनुभव र बाहिरबाट खेलकुदलाई हेर्दाको मुल्याङ्कन हाम्रो खेलकुदसँग साटेका थिए ।

पुरस्कार राशीमा परिमार्जन हुनुपर्दछ

लामा राखेपमा हुँदा खेलाडीको उपलब्धीका आधारमा नगद पुरस्कार दिनुपर्छ भन्दै कार्यविधि नै तय गरेका थिए । उनले दक्षिण एसियाली खेलकुद (साग), एसियाली खेलकुद, एसियाली वा विश्व च्याम्पियनसिप हुँदै ओलम्पिक सम्म कुन पदक जित्दा कति पुरस्कार दिने भने कार्यविधि तयार गर्ने नेतृत्व गरेका थिए ।

‘ओलम्पिकमा स्वर्ण जित्नेलाई एक करोड देखि सागमा स्वर्ण जित्नेलाई ५ लाख र अन्य पदकलाई पनि त्यहि अनुरुप पुरस्कार दिने कार्यविधि हाम्रो समयमा तयार पारेका थियौं,’ उनले भने,‘ अहिले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा त्यो पुरस्कारमा पनि बढाएर दिने सरकारले घोषणा गरेको छ । त्यो सकारात्मक कदम हो । तर कार्यविधिनै बनाएर पुरस्कार दिने व्यवस्थाको सुरुवात हामीले गरेका थियौं ।’

उनको समयमा टिम इभेन्ट्का खेलाडीलाई भने स्वर्णलाई ३ लाख, रजतलाई २ र कास्य पदकलाई एक लाख दिने कार्यविधिमा उल्लेख थियो । १३ औं साग पछि त्यो पुरस्कारको विषय केहि विवादित बनेको छ । कतिपय खेलाडीले व्यक्तिगत र समूहगत खेलको उपलब्धी समान भएकोले पुरस्कार राशी पनि समान हुनुपर्ने तर्क पनि उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टिम इभेन्टका विजेतालाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । विगतमा भन्दा टिम इभेन्टमा पुरस्कार राशीमा वृद्धि भएपनि व्यक्तिगत खेलमा भन्दा निकै कम पुरस्कार रहेको खेलाडीहरुले नै गुनासो गरेका छन् । लामा पनि समय अनुसार पुरस्कार राशीमा परिमार्जन हुन पर्ने बताउँछन् ।

‘त्यहि बेला कुनै एउटा आधार हामीले तयार पारहेका हौं’, उनले भने,‘ पुरस्कार तत्कालको सफलताका लागि हेरेर मात्र होइन उसले खेलकुदमा यति लामो समय सम्म पु¥याएको योगदानको आधारमा मान्नुपर्ने हुन्छ । खेलाडीलाई पुरस्कृत गर्ने विषयमा कन्जुसाई गर्न नहुने उनको सझुाव छ । अरु क्षेत्रमा कत्ति खर्च भएको छ । एउटा पदकका लागि खेलाडीको आफ्नो पुरा जीवन गएको छ । त्यसले खेलाडीलाई पुरस्कृत गर्नुपर्छ ।’

राष्ट्रिय टोलीको नियमित तयारीको सुरुवात

राष्ट्रिय टोलीलाई सधै तयारी अवस्थामा राख्नुपर्छ भन्ने मान्यताका साथ लामाकै पालामा १२ खेललाई वर्षै भरि प्रशिक्षण राखेर भत्ताको समेत व्यवस्था गरेका थिए । हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद आयोजना हुने भएपनि उनले हरेक वर्ष आयोजना गर्ने लुम्बिनी च्याम्पियनसिपको सुरुवात गरेका थिए । नयाँ खेलाडीका लागि अवसर र पुराना खेलाडीले अझै खारिने मौकाका लागि त्यसको सुरुवात गरिएको थियो । ‘राष्ट्रिय टोलीलाई सधै तयार अवस्थामा राख्न र खेलाडीलाई सेमि प्रोफेसनल बनाउनका लागि पनि हामीले त्यो सुरु गरेका थियौं । त्यसले कहि न कहि अहिले पनि खेलकुदलाई फाइदा गरेको छ,’ उनले थपे,‘ विष्ट जीको समयमा केहि समय रोकिदा नराम्रो लागेको थियो । पछि सुरु भयो । खुसी लाग्यो ।’

विद्यालय खेलकुदका लागि आफ्नो समयमा भएका संस्थागत सुरुवातले निरन्तरता नपाउँदा उनले केहि खल्लो लागेको सुनाए । ‘विद्यालय खेलकुद भने खेलकुदको जग बसाउने ठाँउ हो । राष्ट्रपति रनिङ शिल्डमा २ खेल हुन्थे त्यसलाई हामीले बढायौं, उनले स्मरण गरे, खेलकुदको विकासका लागि आधार भूमि भनेको विद्यालय तह हो । त्यो संरचनालाई जोगाउन पर्थ्यो ।

विद्यालय खेलकुद विकास बोर्डको अवधारण अघि बढाउनुको पछाडि खेलकुद विकासको मुख्य आधार विद्यालय नै हो भन्ने लामाको मान्यता छ । उनले थपे, स्कुल टु ओलम्पिक भन्ने योजना अघि सारेका थियौं । प्रत्येक विद्यालयले खेलकुद शिक्षक राख्न सकेको खण्डमा आउने दिनमा त्यसले केहि वर्षमा परिवर्तन हुन्छ । सँगै स्वस्थ नागरिक पनि तयार हुन्छ ।

विद्यालय खेलकुदको संरचनालाई भत्काइएकोमा भने लामाले दुःख व्यक्त गरे । विद्यालय खेलकुद संघलाई विघठन गरेकामा भने दुःख लाग्यो । त्यसले कसैलाई असर गरेको थिएन । विद्यालय विकास बोर्ड पनि निष्क्रिय गरियो, उनले भने, खेलकुदको जग हामीले तयार गर्न त्यो सुरुवात गरेका थियौं । नाम जे सुकै राख्नुस् । तर खेलकुदको जग चाहिन्छ । गरेको भयो ।

तेक्वान्दो युनियनलाई मान्यता दिनु राजनीतिक कारण

आफ्नो समयमा राष्ट्रिय तेक्वान्दो युनियनलाई मान्यता दिनुपर्ने कारण स्मरण गर्दै उनले भने त्यसमा केहि कमजोर भएको हो । राखेपको संरक्षक प्रधानमन्त्री रहने राखेप ऐनको बाध्यतात्मक व्यवस्थाले पनि युनियनलाई दर्ता दिनु परेको उनले स्वीकार गरे । नेपाल तेक्वान्दो संघ हुँदा हुँदै लामाको पालामा अर्को संघका रुपमा युनियनलाई दर्ता दिइएको थियो । अहिले पनि त्यो विवाद चलिरहेको उनले भने, मैले सके सम्म आफ्नो तर्फबाट रोक्ने प्रयास गरेपनि सफल भइन । त्यो निर्णय राजनीतिक थियो । त्यो मुख्यत ः राजनीतिक कारण थियो । अहिले पनि विवाद चलिरहनु दुःखत हो ।

क्रिकेटमा गल्ति भएको लाग्दैन

आफ्नो कार्यकालमा नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा नपरेको र क्यानलाई गति दिन गरेको प्रयासमा कुनै पछुतो नरहेको बताए । राजनीतिक हस्तक्षेप मात्र थिएन, हामीले पूर्न गठन गर्दा टंक आङबुहाङलाई अध्यक्ष बनाए र बाँकी सबै क्रिकेटकै साथीहरुलाई राखे । त्यसले क्रिकेटलाई राम्रो गर्यो । त्यहि बेला नेपालको क्रिकेटको विकास भएको छ । डिभिजन ४ देखि २ सम्म, टि ट्वान्टी विश्व कप त्यहि समयमा खेलेको हो । आफ्नो समयमा क्यानका लागि जे गरे त्यसमा मलाई गर्व छ । पछुतो छैन ।

एनओसीमा अबरोध गरिन

नेपाल ओलम्पिक कमिटी (एनओसी) को विषयमा राखेप सदस्य सचिवका रुपमा बीचको बाटो रोजेको उनले स्मरण गरे । देशको कानुनको सम्मान गरे । र एनओसीको चार्टरलाई पनि हामीले नजअन्दाज गरेनौं, उनले भने, अप्ठेरोको वावजुद पनि हामीले सो मस्ट गो अन भने हामीले कुनै कुरामा अवरोध गरेनौं । राखेप सदस्य सचिव भएर ओलम्पिक, एसियन खेल नजाने म मात्रै होला ।

उनले आफ्नोतर्फबाट तत्कालिन दुई एनओसीका अध्यक्ष ध्रुबबहादुर प्रधान र रुक्म शम्सेर राणालाई मिलाउने प्रयास गरेको स्मरण गरे । मैले धेरै पटक उहाँहरुका बीचमा भेटघाट गराए । दुर्भाग्य त्यति बेला मिल्न सकेन । अहिले मिलेको देख्दा खुसी लाग्छ ।

सदस्य सचिव सिलवालको मुल्याङ्कन गर्ने बेला भएको छैन

राखेपमा नयाँ सदस्य सचिवका रुपमा रमेश सिलवालको बारेमा अहिले मुल्याङ्कन गर्ने बेला भैसकेको छैन । आउने वित्तिकै १३ औं साग आयोजना गर्नु पर्यो । त्यो सकारात्मक छ । उहाँमा केहि सम्भावना देखिन्छ । व्यवहारका हिसाबले पनि केहि परिपक्वता देखाउनु भएको छ । मेरो समयमा विद्यालय खेलकुद बोर्डमा रहनु भएको थियो । त्यसले पनि उहाँ खेलकुदका लागि केहि गरौं भन्ने थियो ।

म भन्दा पछि आउनु भएको केशव विष्ट जीको बारेमा धेरे भन्नु पर्दैन । नियमित सदस्य सचिवले गर्नुपर्ने काम गर्नु भएको थियो । तर, लिगेसी के त ? उहाँलाई के कारण सम्झने , खोज्नु पर्ने हुन्छ । आउने वित्तिकै स्वर्ण युगको निर्माण । त्यो सहि थिएन । स्वर्णिम युगको परिभाषा हुनुपथ्र्यो, लक्ष्य हुनुपर्दछ । त्यो हचुवामा थियो । त्यसमा उहाँ फस्नु भयो । नियमित काममा उहाँ सफल नै हो । अलि अलि चर्चा विदेश बढी घुम्नेमा रुपमा भयो । एकदम नकारात्मक वा सकारात्मक केहि थिएन ।

सागको औचित्यमाथि प्रश्न गर्ने बेला भयो

हरेक दुई वर्षमा साग आयोजना हुन्छ । हरेक पटक भारतलाई च्याम्पियन बनाउने अन्त्यय गर्ने भयो । दोस्रोको लागि प्रतिस्पर्धा हुनेछ । यसले दक्षिण एसियाको खेलकुदको स्तर उठेको छ त ? यसलाई अलिक बृहत बनाउने तर्फ सोच्नु बेला भयो भन्ने लाग्छ । अफगानिस्तान, इरान, इराक, उज्बेकिस्तान, मलेसिया, सिंगापुर भियतनामलगायतका देशलाई थपेर ठूलो बनाउने हो भने प्रतिस्पर्धात्मक हुन्छ । नत्र भारतलाई च्याम्पियन बनाउन घोषणा गरिएको जस्तो देखिन्छ । यसमा एनओसीले सोच्नुपर्ने बेला आयो ।

यति लामो समयदेखिको अभ्यासमा अर्को देश च्याम्पियन भएको छैन । पूर्न विचार गर्नुपर्ने समय भयो । १३ औं सागमा हामीले घरेलु मैदानको फाइदा उठायौं । भारतले नलिएका खेलमा हामीलाई फाइदा पनि भएको छ । त्यसलाई पनि हेर्नुपर्छ । सफलता प्राप्त गर्यौं । त्यो राम्रो हो । साग भयो । माहौल भयो । यत्रो पैसा खर्च गर्दा खेलकुद विकासमा लगानी गर्न पाएको भए हुन्थ्थो की भन्ने पनि थियो ।

Success

Thank you for your time.