default_image

5 years ago

November 3, 2019

महिला भलिबल टोलीलाई मनकामना गार्मेन्टको सहयोग

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) र यसै महिना बंगलादेशमा आयोजना हुने प्रथम एभीसी एसयन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई मनकामना गार्मेन्टले खेल पोशाक प्रायोजन गरेको छ ।

 

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई मनकामना गार्मेन्टका प्रतिनिधि प्रतिनिधि सुमित प्रधानले करिब ८५ हजार रुपैया बराबरको २५ सेट ट्रयाकसुट नेपाली टोलीलाई हस्तान्तरण गरेको छ ।

करिव २२ दिने प्रशिक्षण र ७ अभ्यास खेलपछि नेपाली टोली सोमबार स्वदेश फर्कदैछ । नेपाली टोली सेन्ट्रल जोनका लागि बिहीबार बंगलादेश प्रस्थान गर्ने तालिका छ । सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म तथा १३औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौंमा हुदैछ ।

Success

Thank you for your time.