default_image

3 months ago

July 18, 2024

‘एक टिम भएर अगाडि बढ्न तयार’ – खेलकुद मन्त्री चौधरी

332 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टिम भएर अगाडि बढ्न तयार रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष समेत रहेका खेलकुद मन्त्री चौधरीले उनको सम्मानमा राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रम सो कुरा बताएका हुन् ।

‘म मन्त्री भएको केहि दिन मात्र भएको छ । छोटो अवधिमा पनि मैले खेलकुदलाई कसरी विकास गर्न सकिन्छ । योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्य–सचिव र सरोकारवालासंग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु,’ मन्त्री चौधरीले भने– ‘खेलकुदलाई विकासको बाटोमा दोहोर्याउन सरोकारवालासंग एक टिम भएर अगाडि बढ्न तयार छु ।’

मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले ३ सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य–सचिवसंग छलफल भइरहेको बताए ।

मन्त्री चौधरीले १० औं राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने बताए । उनले नेपाली खेलाडी मेहनती, लगनशील र संघष गर्न सक्ने भएको बताउदै छोटो तयारीबाट खेलाडीबाट ठूलो अपेक्षा गर्न नसकिने बताए ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्रीज्यूको लक्ष्यलाई पूरा गर्न राखेप टिम सहयात्री बनेर काम गर्न तयार रहेको बताए । उनले राखेपका योजनाहरुलाई कार्यान्वयन गर्न बोर्ड बैठक अनिवार्य भएको बताउदै आफ्नो कार्यकालको अन्तिम दिन (यहि साउन १४ गते) सम्ममा मन्त्रीज्यूसंग बोर्ड बैठकमा सहभागी हुन पाउने विश्वास व्यक्त गरे ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदलाई गहिर्याइमा बुझेको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै असल सारथी बनेर काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

सदस्य–सचिव घिसिङले आफ्नो कार्यकालमा भएको महत्वपूर्ण कार्यहरु संक्षिप्तमा जानकारी गराउँदै बोर्ड बैठकबाट मात्र पारित हुन बाँकी रहेको बताए ।

यसैबीच बिहीबारै सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सदस्य–सचिव घिसिङले खेलकुद मन्त्री चौधरीलाई राखेपको कार्ययोजनाहरु विस्तृत रुपमा पनि प्रस्तुत गरेका थिए ।

Success

Thank you for your time.