default_image

1 year ago

January 5, 2023

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी सम्मानित

110 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

गण्डकी प्रदेशमा सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना जिल्लाका खेलाडीलाई झापा जिल्ला खेलकुद विकास समितिले बिहीबार नगदसहित सम्मान गरेको छ ।

मेची रंगशाला भद्रपुरमा भएको कार्यक्रमका बीच पदक पाउने १६ खेलाडीलाई सम्मान गरिएको हो । प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुनेहरुमा बक्सिङकी स्वर्ण पदक विजेता त्रिसा जवेगू र आइटिएफ तक्वान्दोका रोशन मगर छन् ।

त्यस्तै, रजत पदक विजेताहरु बक्सिङका सुस्मिता राई र अविनय राई, आर्चरीका योगिता काम्बाङ र स्मृति उप्रेती, बुद्धिचालकी कृतिसरा अधिकारी, पौडीका प्रारम्भ भण्डारी, सेपाताक्रोका सुशील विश्वकर्मा छन् ।

त्यस्तै, कास्य पदक विजेताहरु बुद्धिचालकी खुश्बु थापा र राजन सुवेदी, जुडोका निश्चल राई, मंगलु मेचे र प्रेम गुरुङ, कुस्तीका विशाल बुढाथोकी र रेनुका राजवंशी छन् । कार्यक्रमकै अवसरमा पूर्वअध्यक्ष शंकर थापाले व्याक्तिगत रुपमा पदकधारी खेलाडीलाई प्रोत्साहनस्वरुप नगद प्रदान गरेका थिए ।

समितिका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्ड १ नम्बर प्रदेशका सदस्य सचिव हंशराज वाग्ले, नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकाल, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाल लगायतले खेलाडीलाई सम्मानपत्र प्रदान गरेका थिए । नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कात्तिक ३ गते सम्म भएको थियो ।

Success

Thank you for your time.