9 years ago
June 14, 2016
काठमाडौं, जेठ ३२ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मा दर्ता रहेका विभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागु पदार्थ तथा एड्स संघ तथा नेपाल कर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो ।
दर्ता भएएता साधारणसभा नगराएको र निस्कृय रहेको राष्ट्रिय संघ छानविन समितिको प्रतिवेदनका आधारमा हाल पहिलो चरणमा सात संघको दर्ता खारेज गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । २०७२ साल पुस २ गते राखेप सदस्य शान्ति सिंहको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको थियो । राखेपद्वारा गठित उक्त समितिमा खेलकुद विकास विभागका अधिकृत ज्ञानेन्द्र श्रेष्ठ सदस्य तथा खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत शारङ्गिन निरौला सचिव थिए ।
फुटबल २०६५, जेनुइन २०६६, फ्युजन २०६७, योग २०६८, आर्म रेस्लिङ २०६५, लागु पदार्थ २०५७ तथा कर्पोरेट २०६३ सालमा राखेपमा दर्ता भएका थिए ।
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम गरेको छ । ४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो। सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा […]