6 years ago
April 1, 2019
सुबास हुमागाईं, काठमाडौं
अनेक आरोह अवरोहलाई पार गर्दै अन्तत: वैशाख ५ गतेदेखि आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ मा सुरु हुने पक्का भएको छ । आयोजना गर्ने जिम्मेवारीलाई ‘मिसन आठौं’ को नारासहित सातौं राष्ट्रिय खेलकुद सकिएको भोलिपल्ट देखि नै निर्धारित मितिमा गर्न आयोजक समिति लागिपर्यो । अनेक बाधा अड्चन पार गर्दै चैत २७ देखि खेल सुरु हुनेगरि दुई वर्षको अन्तरालमै आठौं राष्ट्रिय खेलकुद आयोजना गर्दै नेपाली खेलकुदमा नयाँ इतिहास लेखिंदैछ ।
समयमै बजेट उपलब्ध नहुनुले भौतिक पूर्वाधारको कार्यमा बाधा आएपनि राखेपको आन्तरिक स्रोत मिलान गरेर आयोजक समितिले निर्माणकार्यमा रोक आउन दिएन । राज्यको नीतिमै राखिएको भौतिक पूर्वाधार निर्माणको लागि तोकिएको १५ करोड रुपैयाँ आजसम्म पनि प्राप्त भएको छैन । चोखो शीर्षकको रकम उपलब्ध भइनसक्दा पनि राखेपले निर्माण कार्य अगाडी बढाउँदै अन्तत: प्रतियोगिता आयोजना गर्न हुने पूर्वाधार भने निर्माण गरेको छ ।
आठौंलाई समयमा नै आयोजना गर्न अहोरात्र खटेका प्रदेश ५ का संयोजक भीम ओली नेपाली खेलको इतिहासमा आठौंले बेग्लै नजिर राख्ने प्रयास सफल भएको बताउँछन् । ‘हामीले आयोजनाको जिम्मेवारी लिएको दिनमा नै २ वर्षभित्र आयोजना गर्ने दावी गरेका थियौं । खेलकुदमा वेथिति अन्त्य गर्ने र इच्छाशक्ति भएमा आँटेको कार्य पुरा गरेर देखाउने हाम्रो लक्ष्य थियो । लामो समयको मिहिनेतपछि तोकिएको समयमा नै खेल सुरु गरेर नयाँ इतिहासको संघारमा छौं । चैत २७ गते ५ खेल सुरु भएसँगै नेपाली खेलकुदले नयाँ इतिहास पाउनेछ,’ उनले भने ।
पूर्वाधार तयार नहुँदा पटक-पटक मिति सार्दा समयमा आयोजना हुने-नहुनेमा नै प्रश्न उठेको थियो । संयोजक ओलीका अनुसार त मिति नतोक्दासम्म नेपालगंज नै दुई ध्रुवमा बाँडिएको थियो । ‘विविध कारणले राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्यो । मुख्य अवरोध आवश्यक पूर्वाधार निर्माण नहुनु थियो । वर्षाका कारण जाडो याममा पनि अपेक्षित गतिमा निर्माणकार्य अगाडी बढ्न सकेन । फाल्गुन-चैतमा मिति नातोकिंदा निकै समस्या भयो, नेपालगंज नै दुई ध्रुवमा बाँडिएको आभास भयो,’ उनले भने, ‘मिति तोकिएपछि भने अब सबै एक भएका छौं । कसरि आफ्नो स्थानबाट उठेर आठौं सफल गर्न सकिन्छ भन्ने सारा प्रदेश लागिपरेको छ ।’
संयोजक ओली भौतिक पूर्वाधार निर्माण गर्नेमा आर्थिक रुपमा सबल नहुँदा केहि समस्या परेको बताउँछन् । ‘ बजेट समयमा आउने अपेक्षा गरेर धेरै कार्य सुरु गरेका थियौं । समयमा बजेट उपलब्ध नहुँदा सबै काम सम्पन्न हुन सकेन । मौसमको समस्याले पनि केहि असर गर्यो’, उनले थपे, ‘ प्रतियोगिता आयोजना गर्न सक्षम पूर्वाधार तयार भएका छन् । केहि निजि क्षेत्रको स्थानलाई पनि खेलस्थलका रुपमा प्रयोग गर्दैछौं । प्रतियोगिता आयोजनमा भने कुनै समस्या आउने छैन ।’
वैशाख ५ गतेदेखि सुरु हुने राष्ट्रिय खेलकुदको मौसमको विषयमा भने पछिल्लो समय निकै चिन्ता व्यक्त हुन थालेको छ । यस विषयलाई पनि आयोजकले गम्भीर रुपमा लिएको संयोजक ओलीले जानकारी दिए । ‘ नेपालगन्जको मौसम पक्कैपनि यो समयमा गर्मी नै हुन्छ । हामीले आवास र सवारीसाधनको व्यावस्थापनमा एसीयुक्त होटेल र बसको व्यवस्था गरेका छौं । खेल आयोजना पनि सकेसम्म विहान र बेलुका गर्ने प्रयासमा छौं,’ उनले भने, ‘ सम्भव भएसम्म रातको समयमा बत्ति बालेर खेल्न सक्ने खेलहरु त्यसैअनुसार आयोजना गर्नेछौं । मौसमको प्रतिकुलतालाई चिर्न हामीले सक्दो प्रयास गरेका छौं ।’
आयोजकले गर्मी मौसममा सहज बनाउन आफ्नो सक्दो प्रयास गर्ने बताएको छ । भौतिक पूर्वाधार खेल आयोजनाका लागि उपयुक्त रहेको राखेप सदस्य सचिव केशवकुमार विष्टले केहि दिनअघि आयोजित पत्रकार सम्मेलनमा बताए । समयमा नै राष्ट्रिय खेलकुद गर्दा यसपछिका संस्करण आयोजना गर्नेलाई पनि दवाव हुने र खेल पूर्वाधार विकास निर्माणका कार्यले पनि गति लिनेछन् । समयमै राष्ट्रिय खेलकुद आयोजना गर्दा सबै पक्षलाई फाइदा पुग्नेछ । जसोतसो आठौं राष्ट्रिय समयमा सुरु भएको छ । यसको सफलताबारे विश्लेषण आयोजनापछि होला तर कम्तिमा समयमै आयोजना गरेर आठौंले एउटा इतिहास भने रचिसकेको छ ।
आठौंको खेल तालिका :
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा फेरि तालाबन्दी गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तालाबन्दी गरेको हो । राखेप कार्यकारी समिति सदस्य कमल भट्टराई सहितको टोलीले सातदोबाटो स्थित एनओसी भवनमा तालाबन्दी गरेको बताइएको छ । तालाबन्दीसँग भवन परिसरमा प्रहरी तैनाथ छन् । एनओसी प्रवेशको लागि […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]