default_image

6 years ago

December 28, 2018

करातेकी अनु र भारोत्तोलनका कमल सर्वोत्कृष्ट खेलाडी , गुप्ता गजराज आदर्श खेल व्यक्तित्व

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदका पदक विजेता करातेकी अनु अधिकारी र भारोत्तोलनका कमल अधिकारी एनएनआइपिए वर्षका सर्वोत्कृष्ट खेलाडी २०७४ घोषित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष प्रदान गर्दै आएको वर्षका उत्कृष्ट खेलाडीमध्येबाट अनु र कमल सर्वोत्कृष्ट छनोट भएका हुन् । सर्वोत्कृष्ट दुवैले जनता बैंकले प्रायोजन गरेको समान १ लाख रुपैयाँ प्राप्त गरे ।

ललितपुर महानगरपालिकाको वडा नं १६ सहआयोजनामा शुक्रबार पाटनमा भएको अवार्डमा विभिन्न २९ खेलका उत्कृष्ट खेलाडी घोषित गदै पुरस्कृत गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिपमा सामेल २९ खेल सम्बन्धित खेल संघको सिफारिसमा २०७४ को प्रदर्शनका आधारमा उनीहरु उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उत्कष्ट सबैले एनएनआइपिएबाट ५ र सम्बन्धित संघबाट ५ हजार गरि १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यसरी उत्कृष्ट खेलाडी घोषित हुनेमा आर्चरीका रमेश भट्टचन, एथलेटिक्सकी विश्वरुपमा बुढा, ब्याडमिन्टनकी नङ्सल तामाङ, बास्केटबलका मनीषराज राजोपाध्याय, बक्सिङकी बिमला श्रेष्ठ, साइक्लिङका स्वर्गीय नारायणगोपाल महर्जन, फेन्सिङका जंगा गिरी, फुटबलकी सबित्रा भण्डारी, गल्फका टंकबहादुर कार्की, ह्यान्डबलकी बन्दना राई छन् ।

त्यस्तै मनोज चौधरी हक्की, मनिता श्रेष्ठ प्रधान जुडो, नागेश्वर थारु कबड्डी, अनु अधिकारी कराते, सन्तोष बोहोरा खोखो, प्रनभ खनाल लन टेनिस, सुनिता तामाङ नेसनल तेक्वान्दो, रुपेश सुनुवार सेपाकताक्रो, सुस्मिता नेपाल सुटिङ र युकेश योञ्जन सफ्ट टेनिसको उत्कृष्ट खेलाडी चुनिए ।

त्यस्तै अन्य खेलबाट उत्कृष्ट हुनेमा स्क्वासकी भावना सुनुवार , पौडीकी गौरिका सिंह, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी अस्मिता खड्का, ट्रायथोलनका बसन्त थारु, भलिबलका इम रानामगर, भारोत्तोलनका कमलबहादुर अधिकारी, कुस्तीकी माया लाहोर र उसुका अमर सुनार छन् ।

गुप्ता गजराज आदर्श खेल व्यक्तित्व

भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्ता गजराज आदश खेल व्यक्तित्वबाट सम्मानित भएका छन् । दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले सर्वाधिक पदक जितेको खेल भारोत्तोलन हो । देश भित्र भारोत्तालन विकासमा गुप्ताको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । गुप्त हाल नेपाल भारोत्तलन संघका महासचिव हुन् । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने टोलीका सदस्य गजराज जोशीको नाममा उक्त सम्मान प्रदान गरिदै आएको छ ।

राजवंशीलाई एनएनआइपिए खेलकुद पत्रकारिता पुरस्कार
दुई दशक भन्दा लामो समय देखि खेलकुद पत्रकारितामा सक्रिय खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई खेलाडी संघले एनएनआइपिए खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । २०५२ सालमा समाचार पत्रबाट खेलकुद पत्रकारिता सुरु गरेका राजवंशी हाल बिबिसी नेपाली सेवामा कार्यरत छन् । नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष राजवंशी एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) का कोषाध्यक्ष हुन् । गत वर्ष पुराना खेलकुद पत्रकार श्याम चित्रकारले उक्त सम्मान प्राप्त गरेका थिए ।

एनएनआइपिए वर्षका उत्कृष्ट खेलाडी २०७४

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 26, 2025

एसिया ट्राइयाथलन कप – पिटर र पार्कलाई उपाधि

पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

Success

Thank you for your time.