9 years ago
March 17, 2016
काठमाडौं, चैत ४
बर्नहार्ट कलेजको आयोजनामा शुक्रबारदेखि चौथो बर्नहाट कप अन्तर कलेज टबेल टेनिस प्रतियोगिता हुने भएको छ ।
बिहीबार बाफलस्थित बर्नहाटमा आयोजित पत्रकार सम्मेलनमा कलेजका सहायक प्रमुख शहदेव शिग्देलले जानकारी दिए ।
लैनचौरस्थित राष्ट्रिय टेलबटेनिस प्रशिक्षण हलमा संचालन हुने प्रतियोगितामा पुरुष सिगंल्स, पुरुष डबल, महिला सिगंल र टिम इभेन्टतर्फ खेल हुनेछन् । प्रतियोगितामा कुल १८ कलेजको सहभागिता रहेको बर्नहाटका निर्देशक रामचन्द्र थापाले बताए ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा विजेता खेलाडी तथा टिमले ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित लागत एक लाख ७५ हजार लाग्ने कलेजका को–अर्डिनेटर केशव पौडेल बताए । प्रतियोगिताको गत सस्करण आयोज कबर्नहर्ट कलेज नै हो ।
प्रतियोगितामा पुरुष र महिलातर्फको बेस्ट प्लेयरलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगिता मार्फत नयाँ प्रतिभावान खेलाडी उत्पादनमा मद्धत पुग्ने सह–प्रमुख सिग्देलले बताए ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]