default_image

7 years ago

May 21, 2018

प्रथम अन्नपूर्ण म्याराथन यसै महिना हुने

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको अन्नपूर्ण म्याराथन यसै महिना आयोजना हुने भएको छ । आयोजक अन्नपूर्ण काठमाडौँ समाजले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करणको म्याराथन अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा जेठ २० गते हुने जानकारी गराएको हो । 

म्याराथनमा नेपाली र विदेशी गरी करिव १ सय जना खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक ऋषि भण्डारीले जानकारी गराए । पहिलो संस्करण भएकाले यसपटक परिक्षणको रुपमा लिइदा महिलाको प्रतिस्पर्धा राख्न नसकिएको संयोजक भण्डारीले बताए । काठमाडौंबाट सहभागी हुने खेलाडीलाई आउने, जाने लगायतको सम्पूर्ण खर्च आयोजकले बेहोर्ने छन् ।

म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी हुँदै घान्द्रुक आएर सकिने छ । म्याराथनको विजेताले १ लाख पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रोले ७० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट सातौंसम्म आउनेले सान्त्वना पुरस्कार स्वरुप समान ८ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

म्याराथन र महोत्सवको समापन समारोहमा पूर्व प्रधानमन्त्री एवम् अन्नपूर्ण काठमाडौँ समाजका संरक्षक पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको उपस्थिति रहने आयोजकले बताएको छ ।

March 19, 2025

‘एनओसीमा तालाबन्दी सरकारी हस्तक्षेप हो’ -ओसिए

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गरिनुलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारी हस्तक्षेप भनेको छ । ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले मंगलवार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई लेखेको पत्रमा भनेका छन्, ‘एनओसीको कार्यालय बन्द गरिएको तथा त्यहाँका कर्मचारीहरूलाई काम गर्न नदिइएको सुन्दा म अत्यन्तै आश्चर्यचकित भएको छु। […]

March 18, 2025

दसौं राष्ट्रिय खेलकुदको लोगो र मास्कट सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद २०८२ को अफिसियल लोगो र मास्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज लोगो र मस्कट सार्वजनिक गरे। रेड पाण्डा (हाब्रे) दसौंको अफिसियल मास्कटको रुपमा रहनेछ। कर्णाली प्रदेशमा पाईने दुर्लभ जनावर […]

March 16, 2025

एनओसीमा पुन: तालाबन्दी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा फेरि तालाबन्दी गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तालाबन्दी गरेको हो । राखेप कार्यकारी समिति सदस्य कमल भट्टराई सहितको टोलीले सातदोबाटो स्थित एनओसी भवनमा तालाबन्दी गरेको बताइएको छ । तालाबन्दीसँग भवन परिसरमा प्रहरी तैनाथ छन् । एनओसी प्रवेशको लागि […]

Success

Thank you for your time.