7 years ago
May 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल र नेपाल एपिएफ क्लबकी कान्छीमाया कोजु कान्तिपुर रनर हाफ म्याराथनको च्याम्पियन बनेका छन् । शनिबार भएको आठौं संस्करणमा च्याम्पियन बन्ने क्रममा हरिले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ९ मिनेट २ सेकेन्डमा पूरा गरे । महिलातर्फ कान्छीमायाले १ घन्टा २१ मिनेट २८ सेकेन्डको समय निकालिन् । गतवर्ष यी दुवै धावक नै च्याम्पियन बनेका थिए । उनीहरुले गतवर्ष रेकर्ड ब्रेक गरेका थिए ।
पूरुषतर्फ आर्मीकै होमलाल श्रेष्ठले १ घन्टा ९ मिनेट १६ सेकेण्डमा दुरी पूरा गर्दे दोस्रो भए । आर्मीकै जगिन्द्र राईले १ घण्टा १० मिनेट ९ सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो स्थान हात पारे । आर्मीकै टीकाराज कट्वाल १ घण्टा १० मिनेट, कल्याण बाँनिया १ घण्टा ११ मिनेट ५६ सेकेण्ड र लाल बहादुर थापा १ घण्टा १२ मिनेट ५७ सेकेण्डका साथ शीर्ष छैटौं स्थान हात पारे ।
महिलातर्फ नेपाल एपिएफ क्लबकी कान्छी माया कोजुले १ घण्टा २१ मिनेट २८ सेकेण्डमा दुरी पूरा गर्दै च्याम्पियन बनिन् । कान्छीको यो कान्तिपुर हाफ म्याराथनमा पाँचौ उपाधि हो । कान्छीले यसअघि पहिलो, तेस्रो, चौथो र साँतौ संस्करणमा उपाधि जित्न सफल भएको थियो ।
धादिङकी सन्तोषी श्रेष्ठले १ घण्टा २३ मिनेट ४३ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो स्थान हात पारिन् । एपीएफकी विन्द्रा धनके श्रेष्ठ १ घन्टा २५ मिनेट २३ सेकेन्डसहित तेस्रो भइन् । चन्द्रा बस्नेतले १ घण्टा २७ मिनेट २० सेकेण्डको समय निकाल्दै चौथो स्थान हात पारिन् । आर्मीकी रेसु बस्नेतले १ घन्टा ३० मिनेट १५ सेकेन्डसहित पाँचौ र राजपुरा पचाई १ घण्टा ३१ मिनेट २२ मिनेटसहित छैटो स्थान हात पारे ।
महिला र पुरुष दुवै विधाका विजेताले एक थान काइट रनर स्कुटीसहित ५० हजार रुपैया प्राप्त गरे । दुवै विधाका दोस्रो देखि छैटौ भएकाले क्रमशः ३०, २०, १०, ५ र ३ हजार रुपैयाँ प्राप्त गरे । ५ किलोमिटरको कर्पोरेट/मिडिया दौडमा अजय तामाङ १७ मिनेट २६।८६ सेकेण्डका साथ पहिलो भए । रुपलाल बुढामगर १७ मिनेट ३९।६१ सेकेण्डका साथ दोस्रो तथा शेर बहादुर थारु १८ मिनेट ३९।१९ सेकेण्डका साथ तेस्रो भए । महिलातर्फ लादेन प्रधान २४ मिनेट ३९ सेकेण्डसहित पहिलो भइन् ।
लिना रेग्मी २९ मिनेट ९ सकेण्डका साथ दोस्रो तथा साजल प्रधान २९ मिनेट ४६ सेकेण्डसहित तेस्रो भइन् । दुबै समूहको विजेताले क्याथे ड्रागनको काठमाडौं–हङकङ–काठमाडौंको हवाई टिकट प्राप्त गरे । दोस्रोले काठमाडौं–पोखरा–काठमाडौंको हवाई टिकट र तेस्रोले माउन्टेन फ्लाइटको टिकट प्राप्त गगरे ।
ह्विलचेयरमा पुरुषतर्फ आर्मीका लाल बहादुर तामाङ ३ मिनेट ३३ सेकेण्डसहित पहिलो भए । प्रेम बहादुर बिक ४ मिनेट ३६ सेकेण्डसहित दोस्रो तथा मोहनबादुर बस्नेत ४ मिनेट ४८ सेकेण्डसहित तेस्रो भए । महिलातर्फ लालि तामाङ ५ मिनेट १५ सेकेन्डका साथ पहिलो भइन् । रजनी राई ५ मिनेट २२ सेकेन्डका साथ दोस्रो तथा यामी झाक्री तामाङ ५ मिनेट ५६ सेकेण्डसहित तेस्रो भइन् । दुवै विधाका विजेताले २० हजार, दोस्रो हुने १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।
कान्तिपुर हाफ म्याराथनका सातौ संस्करण सम्मका विजेताहरु
२०६७– अर्जुन कुमार बस्नेत/कान्छीमाया कोँजु
२०६८– हरि कुमार रिमाल/ बृन्दा श्रेष्ठ
२०६९– कल्याण बाँनिया/कान्छीमाया कोँजु
२०७०– अनिष थापामगर/कान्छीमाया कोँजु
२०७१– हरि कुमार रिमाल/विश्वरुपा बुढा
२०७२– गोपीचन्द्र पार्की/रेशु बस्नेत
२०७३– हरि कुमार रिमाल/कान्छीमाया कोँजु
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा फेरि तालाबन्दी गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तालाबन्दी गरेको हो । राखेप कार्यकारी समिति सदस्य कमल भट्टराई सहितको टोलीले सातदोबाटो स्थित एनओसी भवनमा तालाबन्दी गरेको बताइएको छ । तालाबन्दीसँग भवन परिसरमा प्रहरी तैनाथ छन् । एनओसी प्रवेशको लागि […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]