7 years ago
May 16, 2018
काठमाडौं ( हाम्रो खेलकुद) – तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनको १५ औं संस्करण यसै महिना आयोजना हुने भएको छ । हिमालय एक्सपिडिसन्सको आयोजनामा हुने यस वर्षको म्याराथन जेठ १५ (मे २९) मा हुने भएको हो ।
यसपालीको म्याराथनमा ३० देशका करिब २ सय भन्दा बढी धावकले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ । सगरमाथा आधार शिबिरबाट शुरु भइ नाम्चेबजारमा समापन हुने म्याराथनमा फुल म्याराथन (४२.१९५ किलोमिटर) , ६० किलोमिटरको अल्ट्रा म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन गरी तीन विधामा प्रतिस्पर्धा हुने इभेन्ट म्यानेजर शिखर पाँडेले जानकारी दिए ।
१ सय १९ विदेशी धावक फुल म्याराथनमा, ११ जना हाफ म्याराथनमा र ७ जना अल्ट्रा दौडमा सहभागी हुने आयोजकले बताएका छन् । त्यस्तैतीनै स्पर्धामा ५० भन्दा बढी नेपाली धावकहरुको सहभागिता रहने अनुमान गरिएको छ ।
फुल म्याराथनको खुल्ला स्पर्धाको विजेताले २ लाख प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैया प्राप्त गर्नेछन् । महिलाको विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन् ।
विदेशी स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमश : ५० हजार, २५ हजार र ३५ हजार पाउनेछन् । अल्ट्रा दौडको विजेताले १ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार पाउनेछन् । हाफ म्याराथनको विजेताले ५० हजार, दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
फुल म्याराथन र अल्ट्रा म्याराथन सगरमाथा आधार शिविरबाट शुरु भइ नाम्चेबजारमा समापन हुनेछ । हाफ म्याराथन दिंगबोचेबाट शुरु भइ नाम्चेबजारमा समापन हुनेछ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गरिनुलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारी हस्तक्षेप भनेको छ । ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले मंगलवार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई लेखेको पत्रमा भनेका छन्, ‘एनओसीको कार्यालय बन्द गरिएको तथा त्यहाँका कर्मचारीहरूलाई काम गर्न नदिइएको सुन्दा म अत्यन्तै आश्चर्यचकित भएको छु। […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद २०८२ को अफिसियल लोगो र मास्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज लोगो र मस्कट सार्वजनिक गरे। रेड पाण्डा (हाब्रे) दसौंको अफिसियल मास्कटको रुपमा रहनेछ। कर्णाली प्रदेशमा पाईने दुर्लभ जनावर […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा फेरि तालाबन्दी गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तालाबन्दी गरेको हो । राखेप कार्यकारी समिति सदस्य कमल भट्टराई सहितको टोलीले सातदोबाटो स्थित एनओसी भवनमा तालाबन्दी गरेको बताइएको छ । तालाबन्दीसँग भवन परिसरमा प्रहरी तैनाथ छन् । एनओसी प्रवेशको लागि […]