7 years ago
May 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले पुरुषमा तथा सानुमाया कार्कीले महिलामा पाँचौं पर्वतीय खेलकुद महोत्सवअन्तर्गत पाँचौं राष्ट्रिय खुला क्रसकन्ट्री च्याम्पियनसिपमास्वर्ण जितेका छन् ।
आठ किलोमिटर दूरी गजेन्द्रले २५ मिनेट १२ सेकेन्डमा पूरा गरे । कल्याण बानियाँ दोश्रो र टीकाराज कट्वाल तेश्रो भए ।
महिलातर्फ सानुमायाले २७ मिनेट ०८ सेकेन्ड समय खर्चिन् । रेसु बस्नेत दोश्रो र सरिता वासी तेश्रो बने ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी त्रिभूवन आर्मी क्लबका हुन् । शीर्ष तीन स्थान हात पार्नेले जनही १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।
राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा पर्वतीय खेलकुद महासंघ नेपालद्वारा आयोजित प्रतियोगिताको छात्रमा नेपाल राष्ट्रियका सुजन राईले स्वर्ण, विद्या विकासका मनोज महतले रजत तथा विद्या आर्जनका रोहित विशंखेले कांस्य जिते ।
छात्रामा बाल गीताञ्जलीकी सरिता कार्की पहिलो, मनकामनाकी पुजन पाण्डे दोश्रो र शिक्षालय नेपालकी निशा राउत तेश्रो भए । पहिलोदेखि तेश्रो हुनेले क्रमशः ८ हजार, ४ हजार र २ हजार नगद पुरस्कार पाए । छात्र÷छात्राको प्रतिस्पर्धा ३ किलोमिटर दूरीको थियो ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]