7 years ago
May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली पुरुष टोली बंगलादेशमा जारी दोस्रो अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिप अन्र्तगतको टिम रिकर्भको फाइनलमा पुगेको छ ।
च्याम्पियनसिप अन्र्तगत मंगलबार भएको सेमिफाइनलमा रोशन नगरकोटी, तिलक पुन मगर र अशिम शेरचन रहेको नेपाली टोली साउदी अरबको टोलीलाई सुटआउटमा २७–२५ ले पराजित गर्दै अन्तिम दुईमा पुगेको थियो । निर्धारित समय दुवै टिमले ४–४ को बराबरी खेलेपछि खेल सुटआउटमा पुगेको थियो । नेपालले आयोजक बंगलादेशसँग बुधबार फाइनल खेल्नेछ ।
नेपालले पुरुष रिकर्भ, कम्पाउण्ड रिकर्भ र कम्पाउण्ड महिला रिकर्भ गरी तीन विधामा प्रतिस्पर्धा गरिहेको छ । कम्पाउण्ड रिकर्भ पुरुषमा होम बहादुर थापामगर, रमेह भट्टचन र खुम बहादुर कुमाल रहेका छन् । कम्पाउण्ड महिला रिकर्भमा रश्मी दर्लामी, प्रसादा आचार्य र मोनिका रानामगर रहेका छन् ।
मार्च ६ बाट १० तारिखसम्म चल्ने च्याम्पियनसिपमा चार महादेशका २० देशका खेलाडीको सहभागिता रहेको नेपाल आर्चरी संघले जनाकारी दिएको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]