7 years ago
April 30, 2018
दिपक न्यौपाने
बुटवल – यदु ज्ञवालीको अध्यक्षतामा ९ सदस्यीय रुपन्देही आइटिएफ तेक्वान्दो सघं तदर्थ समिति गठन भएको छ । बुटवलमा सम्पन्न भेलाले संघको उपाध्यक्षमा दानबहादुर थापा,सुरेन्द्र श्रेष्ठ,सचिवमा कपिल ज्ञवाली,कोषाध्यक्षमा नवराज खरेललाई चयन गर्यो ।
सदस्यमा दिपक न्यौपाने,प्रकाश खनाल,हेमबहादुर थापा,कृष्ण गौतम रहनुभएको छन् । भेलाले नवराज खरेललाई टेक्निकल प्रमुख, दिपक न्यौपानेलाई प्रेस सल्लाहकार तथा हेमबहादुर थापा र प्रकाश खनाललाई स्कुल विभाग प्रमुख तोकेको छ ।
रुपन्देहीमा आइटिएफ तेक्वान्दो खेलको विकास र विस्तारका लागि तदर्थ समििित गठन गरेको सचिव कपिल ज्ञवालीले बताए । संघको पहिलो बैठकले मंसिर भित्र अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगिता गर्ने निर्णय गरेको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]