default_image

7 years ago

April 4, 2018

दक्षिण एसियाली ह्यान्डबलमा नेपाललाई रजत पदक

125 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपाली महिला ह्यान्डबल टोलीले दक्षिण एसियाली ह्यान्डबल प्रतियोगितामा रजत पदक जितेको छ । अन्तर्राष्ट्रिय सहभागितामा पहिलो पटक फाइनल सम्मको यात्रा तय गरेको नेपाल स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा मंगलबारभारतसँग २४–५ ले पराजित भएको नेपाल ह्यान्डबल संघले जनाएको छ ।

मार्च ३१ देखि भएको प्रतियोगितामा नेपाल, भारतसहित बंगलादेश, भुटान र अफगानिस्तानको सहभागिता रहेको थियो । राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले बंगालादेशलाई २६–१७, अफगानिस्तान लाई २३–४ र भुटानलाई २८–४ गोलले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो ।

उमा राईको कप्तानीमा रहेको नेपाली टोलीमा बन्दना राई, जिना राई, निशा राई, कबिता राई, शान्ति कला राई, देब कुमारी बास्कोटा, संगिता चौधरी रहेका छन् । त्यस्तै टोलीका अन्य सदस्यमा दुर्गा बोहोरा, पार्वती चौधरी, कृष्णा चौधरी, कल्पना ओली, उमा राई, आइत लोमु शेर्पा र मञ्जु रावत छन् ।

टोलीको प्रशिक्षकमा अरुण लाल कर्ण र रमेश सापकोटा छन् ।यो सफलताले खेलाडी र संघलाई निकै उत्साहि मिलेको जनाउँदै नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङले अब दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गर्दै प्रशिक्षण गरिने बताए ।

अर्को वर्ष नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले महिला ह्यान्डबलमा पदक जित्ने सम्भावना बढेको नेपाल ह्याण्डबल संघका सचिव केशव पाठकले विश्वास लिएका छन् ।

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 26, 2025

एसिया ट्राइयाथलन कप – पिटर र पार्कलाई उपाधि

पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

Success

Thank you for your time.