7 years ago
March 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) –चौथो अन्तरक्लब मिस्टर फिटनेश फस्र्ट शारिरीक सुगठन तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनसिप अर्को साता आयोजना हुने भएको छ ।
सतुङ्गल पार्टि प्यालेसमा आयोजना हुने प्रतियोगितामा क्लबका आफ्नै तीन शाखाहरुमा प्रशिक्षण भइरहेको आयोजक फिटनेस फस्र्टका बुद्धिजंग कार्कीले शुक्रकार आयोजित सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ६०, ७०, ७० केजी माथी तौल समूह तथा स्पोर्टस फिजिक तर्फ १६५ र १६५ सेमि माथि समूहमा प्रतिस्पर्धा गराईने पनि कार्कीले जानकारी गराए ।
तौल समूहतर्फका प्रत्येक तौल समूह शीर्ष तीन खेलाडीलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ । त्यस्तै चौथो तथा पाँचौ हुने खेलाडीले ट्रफी, टि–सर्ट तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । समूहगतबाट पहिलो हुने खेलाडीबीच पुनः ओभरअल प्रतिस्पर्धा गराई “मिस्टर फिटनेश फस्र्ट”को उपाधि प्रदान गरिनेब बताइएको छ ।
ओभरअलको विजेताले ३५, दोस्राले २० र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तीनै प्रतिस्पर्धीबाट एक जना खेलाडी उत्कृष्ट पोजर घोषित हुने छन् । बेष्ट पोजरले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । फिजिक तर्फको विजेता खेलाडीले स्वर्ण पदकसहित १५ हजार रुपैयाँ पाउनेछन् । दोश्रो हुने खेलाडीले रजत पदकका साथै ट्रफि, सप्लिमेन्ट, टि–सर्ट र ब्यानेट तथा तेश्रो हुनेले कास्य पदकका साथै ट्रफि, सप्लिमेन्ट, टि–सर्ट र ब्यानेटले सुसज्जित हुनेछन् ।
करिब ६ लाख ५० हजार राशीको अनुमानित बजेट रहेको प्रतियोगिताका दौरान राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा विजयी क्लबका खेलाडीहरुलाई सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]