7 years ago
March 6, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपालले पाकिस्तानको फैसलावादमा आयोजना हुने आइएचएफ ट्रफी अन्तराष्ट्रिय ह्याण्डबलमा भाग लिने भएको छ । प्रतियोगितामा भाग नेपाली खेलाडी खेलाडीसहितको टोलीलाई मंगलबार पोखरामा विदाई गरियो । प्रतियोगिता मार्च १० देखि १५ सम्म आयोजना हुने नेपाल ह्याण्डबल संघले जानकारी दियो ।
प्रतियोगितामा नेपालका १९ बर्ष र २१ बर्ष मूनिको टोलीले प्रतिस्पर्धा गर्नेछ । टोलीको नेतृत्ग नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल आलेम्पिक कमितीका सदस्य तेज बहादुर गुरुङले गर्नेछन् । टोलमिा खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरि ४० जना रहेका छन् । नेपाली टोली हवाई मार्ग हुँदै पाकिस्तान पुग्नेछ ।
कास्की जिल्ला ह्याण्डवल संघको आयोजनामा भएको विदाई कार्यक्रममा प्रदेश नम्बर ४ का सांसद मोहन रेग्मीले टोलीको विदाई गर्दै खेलाडीलाई अनुशासित रुपमा खेल्न आग्रह गरे । उनले राष्ट्रिय झण्डालाई अन्तराष्ट्रिय खेल जगतमा माथी उठाउन आफ्नो शसक्त खेल प्रर्दशन गर्न टोली सफल हुने विश्वास व्यक्त गरे ।
नेपाल ह्याण्डबल संघका सचिव केशब पाठक, कास्की जिल्ला ह्याण्डबल संघका जिल्ला अध्यक्ष जग बहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष चित्र थापा, सचिव टेक बहादुर गुरुङ र खेलाडीका अभिभावकहरुले विदाई गरेका थिए ।
यसैबीच, राखेप च्याम्पियनसिप अन्र्तगत पुष १९ देखि २२ मा पोखरामा सम्पन्न ९ औं महिला तथा १८ पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको समेत उक्त कार्यक्रममा आय व्यय सार्वजनिक गरिएको छ । कास्की जिल्ला ह्याण्डबल संघका कोषाध्यक्ष इन्द्र बहादुर गुरुङले प्रतियोगिताबाट १ लाख १३ हजार ४ सय ९२ रुपैंया बचत गर्न जानकारी दिए ।
२० लाख ६० हजार २ सय ९५ आम्दानी भउको प्रतियोगितामा १९ लाख २८ हजार ८ सय ३ रुपैया खर्च भएको जानकारी दिइयो । बचत रकममध्ये ९७ हजार २ सय रुपैया नेपाल ह्याण्डबल संघ र बाँकी रहम जिल्ला संघमा रहने बताइयो ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]