7 years ago
March 1, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा शुक्रबार अन्तर्राष्ट्रिय रेस्लर भिड्ने भएका छन । रिङ रेस्लिङ एशोसियसन अफ नेपालले पोखरेली दर्शकलाई मध्येनजर गर्दै पोखरामा यो खेलको आयोजना गरेको हो । पोखरा रंगशाला भित्र नव निर्मित बहुउद्धेश्यिय कभर्डहलमा पहिलो पटक यो खेल आयोजना हुने रेस्लिङ साँझ ५ बजे सुरु हुने बताइएको छ । पोखरामा एकै थलोमा झन्डै ५ हजार दर्शकले खेल प्रत्यक्ष हेर्ने आयोजकले जनाएको छ ।
‘नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेज र पोखरालाई खेलकुद मार्फत पर्यटन प्रवद्र्धनका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागेको’ संघकी अध्यक्ष सुनिता थापाले बताएकी छन् । ‘यो खेल पोखरामा आयोजना गर्न पाउँदा हामी मात्र उत्साही होइन सहभागिताका लागि आएका विदेशी खेलाडी पनि उत्साही भएका छन्’ संघकी महासचिव सुर्वण श्रेष्ठले भनिन्, ‘यहाँको खेल सुहाँउदो मौसमले पनि विदेशी खेलाडी उत्साही भएको हुनु पर्छ । पोखरेलीहरुलाई आफ्नो खेल देखाउन उनीहरु आतुर छन् ।’
विदेशी सहित यो खेलमा नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्ने छन् भने अन्तर्रा्ष्ट्रिय रुपमा प्रख्यात अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताइएको छ ।
महासचिव श्रेष्ठले यो खेलमा रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने बताएकी छन् । अन्तर्रा्ष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरु पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले संचालन गर्ने छन् । खेलमा आवश्यक अत्याधुनिक लाइटिङको व्यवस्था र खेल खेल्ने रिङले पनि दर्शकको मन तान्ने आयोजकले दाबी रहेको छ ।
यो रिङ अन्तर्राष्टिय स्तरको को यो रिङमा खेलाडी उत्रिन संधै उत्साही हुन्छन्, यसको लाइटिङको व्यवस्था पनि उच्च स्तरको रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकनका लागि १ हजार, ५ सय ३ सय टिकट शुल्क तोकिएको छ । खेलका लागि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद र जिल्ला खेलकुद विकास समितीले पनि सघाएको छ । रिङ रेस्लिङको डिस होमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा फेरि तालाबन्दी गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तालाबन्दी गरेको हो । राखेप कार्यकारी समिति सदस्य कमल भट्टराई सहितको टोलीले सातदोबाटो स्थित एनओसी भवनमा तालाबन्दी गरेको बताइएको छ । तालाबन्दीसँग भवन परिसरमा प्रहरी तैनाथ छन् । एनओसी प्रवेशको लागि […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]