9 years ago
January 6, 2016
सर्बोच्च अदालतले नेपाल ओलम्पिक कमिटीकको एक मुद्धामा फैसला भएको छ । नेपाल ओलम्पिक कमिटीका तत्कालिन अध्यक्ष धु्रव बहादुर प्रधान तथा तत्कालीन महासचिव जीवनराम श्रेष्ठलाई विपक्षी वनाई निजहरुले नेपाल ओलम्पिक कमिटीको नाउामा काम कारवाही गरी सर्वोच्च अदालतबाट रुक्म शम्शेर राणाको नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटीलाई दिएको मान्यतालाई अपहेलना गरेको भनी राष्ट्रिय खेलकूद परिषदका तत्कालिन सदस्य–सचिव युवराज लामाले अदालतको अवहेलनामा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा मिति २०७२/०९/२१ गते अन्तिम फैसला गर्दै सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश कल्याण श्रेष्ठ तथा माननीय न्यायाधिश चोलेन्द्र शम्शेर राणाको संयुक्त इजलासबाट अदालतको अवहेलना नठहर्ने फैसला भएको छ ।
यसै लगाउमा रहेको अर्को रिट निवेदनमा युवराज लामाले दायर गरेको रिट निवेदन खारेज भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा दर्ता भएको राष्ट्रिय ओलम्पिक कमिटीको दर्ता खारेज गरी पाउा भनी दायर भएको रिट निवेदन खारेज भई राष्ट्रिय ओलम्पिक कमिटीलाई सर्वोच्च अदालतबाट मान्यता प्राप्त भएको छ । उक्त दुवै मुद्दाहरुमा राष्ट्रिय ओलम्पिक कमिटि, धु्रव बहादुर प्रधान तथा जीवनराम श्रेष्ठ समेतको तर्फबाट अधिबक्ता ओम थपलियाले बहस गरेको थियो ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गरिनुलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारी हस्तक्षेप भनेको छ । ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले मंगलवार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई लेखेको पत्रमा भनेका छन्, ‘एनओसीको कार्यालय बन्द गरिएको तथा त्यहाँका कर्मचारीहरूलाई काम गर्न नदिइएको सुन्दा म अत्यन्तै आश्चर्यचकित भएको छु। […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद २०८२ को अफिसियल लोगो र मास्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज लोगो र मस्कट सार्वजनिक गरे। रेड पाण्डा (हाब्रे) दसौंको अफिसियल मास्कटको रुपमा रहनेछ। कर्णाली प्रदेशमा पाईने दुर्लभ जनावर […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा फेरि तालाबन्दी गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तालाबन्दी गरेको हो । राखेप कार्यकारी समिति सदस्य कमल भट्टराई सहितको टोलीले सातदोबाटो स्थित एनओसी भवनमा तालाबन्दी गरेको बताइएको छ । तालाबन्दीसँग भवन परिसरमा प्रहरी तैनाथ छन् । एनओसी प्रवेशको लागि […]