7 years ago
November 20, 2017
नेपालगन्ज (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनमा यसपटक ६ सय जनाभन्दा बढीले दौडने अनुमान गरिएको छ । क्रियटिभ ह्याण्ड्स ग्रुपको आयोजना र विभिन्न निजी प्रतिष्ठान तथा सामुदायिक संघ–संस्थाको साझेदारीमा म्याराथन प्रत्येक वर्ष मंसिर ५ गते आयोजना हुँदै आएको छ । त्यसमा दशक लामो शसस्त्र द्वन्द्व अन्त्य भएर बृहत शान्ती सम्झौता भएको दिन पारेर २०७२ सालबाट म्याराथन आयोजना गर्न थालिएको हो ।
म्याराथनका बारेमा आइतबार साझेदारहरुबीच सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन र स्कटिङबारे छलफल भएको थियो । आइतबारनै पत्रकार सम्मेलनमा तयारीबारे रेस डाईरेक्टर चन्द्र गुरुङले यसपटक म्याराथन र हाफ म्याराथनमा सहभागी बढ्ने र सबै विधामा गरी झन्डै साढे ६ सयले भाग लिने जानकारी दिए ।
नेपालगन्ज म्याराथन संरक्षक विजय लामाले प्रतियोगिताको सफलताले नेपालगन्जको विशेष पहिचान स्थापित हुने आशा व्यक्त गरे । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले नेपालगन्ज र मध्यपश्चिम क्षेत्रमा हुने खेलकुद् गतिविधीले अर्को बर्ष हुने आठौ राष्ट्रिय खेलकुद् प्रतियोगिताको तयारी र उद्देश्यमा सघाउ पुर्याएको बताए ।
सोही अवसरमा ‘नेपालगन्ज उत्सव’ विशेषाङ्क विमोचन गरियो । साहित्यकार सनत रेग्मी, महेशविक्रम शाह, नेपालगन्ज म्याराथनका संरक्षक लामा, क्षेत्रीय खेलकुद अध्यक्ष ओली, क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरी र विशेषाङ्कका सम्पादक जनक नेपालले विमोचन गरे । विशेष अंकमा नेपालगन्जको ऐतिहासिक, राजनीतिक, सामाजिक, खेलकुद, पत्रकारित र साहित्यिक विषयबस्तु समावेश गरिएको बताइएइको छ । नेपालगन्ज उत्सव २०७३ का सन्र्दभमा भएका नेपालगन्ज लिटरेचर फेस्टिभल, दोस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, अल नेपाल मुशायराका विषय बस्तुलाई पनि समेटिएको छ ।
तेस्रो संस्करणमा आईपुग्दा नेपालगन्ज म्याराथनले प्राविधिक रुपमा मान्यताप्राप्त राष्ट्रिय प्रतियोगिताका रुपमा आफ्नो पहिचान बनाईसकेको छ । नेपालगन्ज म्याराथनलाई वर्ष स्तरीय र पुरस्कार राशीमा बृद्धि गर्ने आयोजकको लक्ष्य रहेको छ । ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मूल नारासहित आयोजना हुने नेपालगन्ज म्याराथनको पुरुष खुल्लातर्फ विजेताले ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
गत बर्षका विजेता नेपाली सेनाका कृष्ण बस्नेतले ५० हजार रुपैयाँ प्राप्त गरेका थिए । यसपटक दोस्रोले २५ हजार, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै १० हजार, पाँचौंले ८ हजार, छैठौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार रुपैयाँ पाउनेछन् । नेपालगन्ज रंगशालादेखि सुरु भइ कोहलपुर चौराहादेखि आठ सय मिटर उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः नेपालगन्ज रंगशालामा म्याराथन पुरा हुनेछ । नेपालगन्जमा उपमहानगरपालिकाका मेयर उपमेयर र कोहलपुरमा कोहलपुर नगरपालिकाका मेयर उपमेयरले धावकहरुलाई स्वागत आयोजक संस्थाले जनाएको छ ।
महिला खुल्ला हाफ म्याराथनमा विजेतालाई ३० हजार, दोस्रोले१ ५ हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै चौथोले ७ हजार, पाँचौंले ६ हजार र छैठौंले ५ हजार पाउनेछन् । चर्चित धाविका कान्छीमाया कोजुले आफ्नो व्यक्तिगत नतिजामा सुधारसहित दोस्रो संस्करणकी विजेता भएकी थिईन् । त्यस्तै, विद्यालयस्तरीय पाँच किलोमिटर छात्र एवं छात्रा दौड पनि समावेश गरिएको छ । सुरुको बर्षदेखि निरन्तर यो प्रतियोगितामा यस बर्ष प्याब्सन बॉकेले साझेदारी गरेको छ । त्यस्तै, राष्ट्रिय अपाङ महासंघसंगको साझेदारीमा विकलांगहरुका लागि आयोजना हु‘दैआएको एक किलोमिटर ट्राइसाइकल दौडलाई पनि निरन्तरता दिइने बताइएको छ ।
अर्को वर्ष आठौ राष्ट्रिय खेलकुद् प्रतियोगिताको तयारीमा रहेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले प्राविधिक व्यवस्थापनको संयोजन गरेको छ । क्षेत्रिय खेलकुदले नेपालगन्ज म्याराथनलाई आठौ खेलकुद्को मिसनसंग जोडे बताइएको छ । एथलेटिक्स संघ बॉके म्याराथनको सह आयोजकका रुपमा छ । नेपालगन्ज म्याराथन देशकै पुरानोमध्येको एक नेपालगन्ज उपमहानगरपालिका र उदाउदै गरेको कोहलपुर नगरलाई जोड्ने प्रतियोगिताका रुपमा विकास गर्ने आयोजक क्रिएटिभ्स् ह्यान्ड्स ग्रुपको लक्ष्य रहेको छ ।
नेपालगन्जको ब्राइटल्याण्ड स्कुलले मुख्य साझेदारीलाई निरन्तरता दिएको म्याराथनमा होटल ग्यालेक्सी दरबारले हस्पिटालिटी पार्टनर र नागरिक पश्चिमेलीले मिडिया पार्टनर, सिद्धार्थ हस्पिटल मेडिकल पार्टनरका रुपमा रहेका छन् । एक्सन एड नेपालले बालिका शिक्षाका लागि दौड नारासहित सहकार्य गरेको छ । यूएनडीपी, सेभ द चिल्ड्रन, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले साझेदारका रुपमा छन् । बीबी साईकल, प्याब्सन बॉके, हिसान बॉके, मध्यपश्चिम खेलकुद् विकास समिति, नेपालगन्ज साईक्लिङ क्लब, अमृत जल, साहस स्पोर्टस र क्रियटिभ बुक्स पनि म्याराथनका साझेदार हुन् ।
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]
April 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा चैत २५ देखि ३० गतेसम्महुने प्रतियोगितामा १ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, […]
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]