7 years ago
November 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले संघियताको अभ्यास सुरु गरेको छ । अघिल्लो महिना केन्द्रिय अधिवेशन सकेको संघको पहिलो प्रदेश संघका रुपमा प्रदेश नं ३ को तदर्थ समिति गठन भएको छ । केशव पुरीको अध्यक्षतामारहेको २५ सदस्यीय तदर्थ समितिलाई आज राजधानीमा आयोजित भेलाले अनुमोदन गरेको थियो ।
प्रदेश संघको उपाध्यक्षमा राजन सिंह भण्डारी, माधव नेपाल, दीपक मलहोत्रा, प्रकाश खड्गी, मिनबहादुर थापा छन् । त्यस्तै महासचिव मा रमेश खड्का, सचिवमा राजेश प्रजापति, कोषाध्यक्षमा किरण थापा र सह कोषाध्यक्षमा हरिहर ढुंगाना छन् । प्रदेश संघको सदस्यमा बसन्ती डंगोल तामाङ, सुवास श्रेष्ठ, श्रवणकुमार जिसी, सुमन पराजुली, निर्मल लामा, टोनिल कर्माचार्य, नरेन्द्र थापा सदस्य छन् ।
त्यस्तै दिल महर्जन, मनोज खड्गी, सोभितमान गिरी, आयषा शाक्य, विक्रम खड्गी, राजेन्द्र खत्री, रकविराज नेगी लामा र विरमान स्याङ्तान सदस्य छन् । मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको उपस्थितिमा तदर्थ समितिका पदाधिकारी एवंम् सदस्यको नाम घोषणा गरिएको थियो । तेक्वान्दो संघका महासचिव दीपराज गुरुङका अनुसार अघिल्लो महिना सम्पन्न संघको साधारण सभाले नयां संविधान अनुसार प्रदेश सभाको संघ गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
‘देश नयाँ संरचनामा गइसकेकोले अब हामीले पनि संघलाई पनि त्यसै गरि सञ्चालन गर्न आवश्यक छ’ गुरुङले भने, ‘त्यहि अनुसार हामीले पहिलो प्रदेश संघका रुपमा आज गठन गरेका छौं । अब केही समय भित्र सातै प्रदेशमा संघ गठन हुनेछ ।’ प्रदेश तेक्वान्दोको विकासका लागि योजना बनाउने र कार्यान्वयनको काम संघ आफ्नैले गर्ने बताइएको छ । अब केन्द्रले वैदेशिक सम्बन्ध, राष्ट्रिय टोलीको तयारी र राष्ट्रिय प्रतियोगिता मात्र हेर्ने गुरुङले जानकारी दिए ।
‘अबको नयाँ प्रणालीमा स्थानिय खेलको विकास प्रदेश संघकै जिम्मामा हुनेछ’ उनले थपे, ‘तेक्वान्दोको विकासका लागि यो अवधारणा अझै प्रभाकारी हुने विश्वास लिएका छौं ।’घोषणापछि मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मी, युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी र पूर्व सांसद मदनलाल अमात्यले सफल कार्यकालको शुभकामना दिएका थिए । नेपाली तेक्वान्दो इतिहासका बारेमा बोल्दै संघका महासचिव गुरुङले तेक्वान्दो नेपालको सर्वाधिक सफल भएको उल्लेख गर्दै आउने दिनमा अझै विकास र विस्तार गर्नुपर्नेमा जोड दिए ।
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गरिनुलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारी हस्तक्षेप भनेको छ । ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले मंगलवार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई लेखेको पत्रमा भनेका छन्, ‘एनओसीको कार्यालय बन्द गरिएको तथा त्यहाँका कर्मचारीहरूलाई काम गर्न नदिइएको सुन्दा म अत्यन्तै आश्चर्यचकित भएको छु। […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद २०८२ को अफिसियल लोगो र मास्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज लोगो र मस्कट सार्वजनिक गरे। रेड पाण्डा (हाब्रे) दसौंको अफिसियल मास्कटको रुपमा रहनेछ। कर्णाली प्रदेशमा पाईने दुर्लभ जनावर […]