9 years ago
December 3, 2015
१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै युवा तथा खेलकुद मन्त्रालय र प्रतियोगितामा सहभागि हुने २३ खेलका राष्ट्रिय संघको पदाधिकारी विच मन्त्रालयमा बिहिबार अन्तरकृया भयो ।
युवा तथा खेलकुद ्मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा सागमा पदकको सम्भाब्यता, तयारी, आवश्यकता र कमिकमजोरीको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा संघका पदाधिकारीहरुले पदकको सम्भावना हुंदा हुंदै पनि भौतिक पूर्वाधारको अभाव, खेलसामाग्रीको अभाव, बजेट समयमा निकासा नहुनु र वेलैमा बैदेशिक प्रशिक्षण अथवा बैदेशिक प्रशिक्षक नेपालमा ल्याई प्रशिक्षण संचालन गर्न ढिलाई भएको तर्फ मन्त्रालयको ध्यानाकर्षण गर्दै पदक हासिल गर्ने सम्भावना भएता पनि यी कारणले पछि पर्नेमा जोड दिएका थिए ।
युवा तथा खेलकुद मन्त्री मण्डलले राष्ट्रिय खेलकुद परिषदले माग गरेको बजेट अर्थ मन्त्रालय संग माग गरिएको र त्यसमा अर्थ मन्त्रीबाट समेत आश्वासन प्राप्त भएको जानकारी गराए । मन्त्री मण्डलले पदक प्राप्त गर्ने तर्फ अग्रसर भएर तयारी गर्न र त्यसका लागि मन्त्रालयबाट गर्नु पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए । परिषदले १२ औं सागको लागि १३ करोड २७ लाख ३५ हजार ६ सय नब्बे रुपैया माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा पठाएको थियो ।
सचिव लक्ष्मणप्रसाद मैनालीले सागमा सहभागिता हुने निश्चित भएकोले पदक प्राप्त गर्छौ भन्ने मानसिकताका साथ तयारीमा जुट्न राष्ट्रिय संघहरुलाई निर्देशन दिए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गरिनुलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारी हस्तक्षेप भनेको छ । ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले मंगलवार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई लेखेको पत्रमा भनेका छन्, ‘एनओसीको कार्यालय बन्द गरिएको तथा त्यहाँका कर्मचारीहरूलाई काम गर्न नदिइएको सुन्दा म अत्यन्तै आश्चर्यचकित भएको छु। […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद २०८२ को अफिसियल लोगो र मास्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज लोगो र मस्कट सार्वजनिक गरे। रेड पाण्डा (हाब्रे) दसौंको अफिसियल मास्कटको रुपमा रहनेछ। कर्णाली प्रदेशमा पाईने दुर्लभ जनावर […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा फेरि तालाबन्दी गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तालाबन्दी गरेको हो । राखेप कार्यकारी समिति सदस्य कमल भट्टराई सहितको टोलीले सातदोबाटो स्थित एनओसी भवनमा तालाबन्दी गरेको बताइएको छ । तालाबन्दीसँग भवन परिसरमा प्रहरी तैनाथ छन् । एनओसी प्रवेशको लागि […]