9 years ago
November 27, 2015
नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक पुवुदु दाशानायकेलाई आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले परिषदमा बिदाई गरे ।
उक्त अवसरमा बोल्दै सदस्य सचिव विष्टले नेपालको क्रिकेटको विकास, सफलता र खेलाडी उत्पादनमा पुवुदुको योगदानको प्रशंसा गर्दै उनको योगदानको नेपाल सरकार, परिषद र समस्त खेल क्षेत्रले सदा स्मरण गरिरहने बताए ।
“उहााले नेपाली क्रिकेटमा गरेको सेवाको राखेप सदा उहााप्रती कृतज्ञ रहने छ । उहााको आवश्यकता पुन: महशुस भएमा आगामी दिनमा उहाालाई पुन: नेपाल बोलाउन सकिने छ ” सदस्य सचिव विष्टले बताए ।
विदाई कार्यक्रममा बोल्दै प्रशिक्षक पुवुदुले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको भन्दै नेपाली खेलाडीहरुमा जुन किसिमको खेल भावना रहेको छ त्यसले कुनै दिन नेपाली क्रिकेटलाई उच्च विन्दुमा पुर्याउन सक्ने बताए । उनले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद परिषद, नेपाल सरकारबाट सदा सहयोग पाएकोमा धन्यवाद ब्यक्त गरे ।
पुवुदु आफ्नो कार्यकाल पुरा गर्दै शनिबार आफ्नो देश फर्कने कार्यक्रम रहेको छ ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघको आयोजनामा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप मंगलवार सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा ५४-होलको तीन दिने प्रतियोगितामा जुनियर गल्फरहरू विभिन्न तीन उमेर समूहमा प्रतिस्पर्धा गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। ब्वाइज (१७-२१ वर्ष), ब्वाइज (१२-१६ वर्ष), र गल्स (१२-२१ वर्ष) उमेर समुहमा प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिता फाल्डो […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
February 8, 2025
ललितपुर ( हाम्रो खेलकुद)- पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगीतामा प्राइम ग्लोबल स्कुलले ८ मध्ये ५ इभेन्टमा स्वर्ण पदक जितेको छ। अधिकांश इभेन्ट्समा बाजी मारेको छ । कीर्तिपुरस्थित पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा ३ दिन चलेको प्रतियोगितामा प्राईम ग्लोबलले छात्र र छात्रा टिम इभेन्टस, सिनियर छात्र एकल र यु–१३ को इभेन्ट , यु–११ छात्रातर्फको उपाधि जितेको हो […]