8 years ago
July 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको तयारी रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार ट्रयाक्स सुट वितरण गरेको छ । मिसन १३ औं दक्षिण एसियाली खेलकुद (साग) देखि ओलम्पिक परियोजनाअन्तर्गत राष्ट्रिय टोलीमा रहेका १४ खेलका २ सय ८६ खेलाडी र ६० प्रशिक्षक ट्रयाक्स सुट र क्याप वितरण गरिएको राखेपले जनाएको छ ।
फागुन अन्तिमबाट राष्ट्रिय टोलीको तयारीमा एथलेटिक्स, उसु, कराते, तेक्वान्दो, जुडो, बक्सिङ, भारोत्तोलन, आर्चरी, कुस्ती, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, पौडी र ट्रायथलन खेल छन् । राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, सदस्य उपेन्द्र पौडल र अर्जुनबहादुर केसीलगायतले खेलाडी प्रशिक्षकलाई ट्रयाक्स सुट वितरण गरे ।
उपाध्यक्ष शेर्पाले खेलाडीबाट पदकको आशा गर्न उनीहरुलाई पर्याप्त अवसर दिनुपर्नेमा जोड दिए । सदस्य–सचिव विष्टले खेलाडीको प्रशिक्षणका विषयमा बुझ्ने उद्देश्यले खेलाडीलाई भेला गराएर सामाग्री हस्तान्तरण गरेको जनाउँदै राष्ट्रिय टिमका खेलाडीको सुविधाका लागि राखेपले स्पोर्ट्स बस सञ्चालन गर्ने तयारी गरेको बताए ।
उनले मंसिरमा च्याम्पियनसिप आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष प्रशिक्षणमा राखिने जानकारी दिए । राष्ट्रिय टिम तयारीका निर्देशक रिम रानाभाटले आगामी साग, एसियाली र ओलम्पिक खेलकुदको तयारीलाई ध्यानमा राखि प्रशिक्षण सुरु गरिएको बताए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]