default_image

10 years ago

August 14, 2015

खेलकुद मन्त्रालयद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक

158 views

0 Bookmark

युवा तथा खेलकुद मन्त्रालयले चालु अर्थिक बर्षको लागि विनियोजित बजेट तथा कार्यक्रमको बारेमा पारदर्शी ढंगले कार्यान्वयन गर्ने उद्धेशयले पत्रकार सम्मेलन मार्फत बजेट तथा कार्यक्रम सार्वजनिक गरेकोछ ।

खेलकुद मन्त्रालयद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक
सिंहदरवारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा सह–सचिव चुडामणी पौडेलले खेलकुद मन्त्रालयलाई प्राप्त बजेट विगतको तुलनमा २५ प्रतिशतले बृद्धि भएता पनि समष्टिगत बजेटको तुलनमा ०.३ प्रतिशत भन्दा माथि जान नसकेको बताए । उनले मन्त्रालयले पाएको १ अर्ब ८५ करोड ३८ लाख ७० हजारमा सातौ राष्ट्रिय खेलकुदको लागि आवश्यक २७ करोड र दक्षिण एशियाली खेलकुदको लागि आवश्यक ४ करोड यस समाविष्ट नभएको समेत जानकारी गराए । यदी त्यसलाई पनि समावेश गर्ने हो भने खेलकुदले २ अरव १० करोडको हाराहारीमा वजेट पाएको उनले बताए ।
उनले बजेटको अधिकांश भाग खेलकुद तर्फ विनियोजित भएको भन्दै खेलकुद विकास कार्यक्रम अन्तरगत १५ करोड ८४ लाख ८५ हजार र राष्ट्रिय खेलकुद परिषद तर्फ १ अर्व ४९ करोड २८ लाख ७२ हजार विनियोजन भएको पनि बताए ।
उनले कार्यक्रम सार्वजनिक गर्ने क्रममा ४ प अर्थात पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनलाई आधार मानेर कार्यक्रम र वजेट विनियोजन गरेको बताए । पूर्वाधार बिकासलाई क्रमिक रुपमा निर्माण गर्ने अवधारणा अनुरुप कार्ययोजना बनाईएको बताए । पूर्वाधार तर्फ त्रिविविमा एक अन्तराष्ट्रिय स्तरको ५ हजार दर्शक क्षमताको कभर्ड हल निर्माण गर्ने जसको लागि त्रिविवि संग सम्झौता भई सकेको र त्यसको लागि ५० लाख विनियोजन भई सकेको जनाए । उनले डिपिआर बनाई कार्य सुरु भई सकेको जनाए ।
गत बैशाखमा गएको भुकम्पका कारण क्षती भएको राष्ट्रिय खेलकुद परिषद परिसरको पुननिर्माणको लागि १० करोड विनियोजन भएको र त्यसको लागि नयाा भवन बनाईने समेत जानकारी गराए । त्यस्तै निर्माण तर्फ फुटबलको विकासको लागि च्यासल खेल मैदानलाई विकास गर्न ४ करोड, क्रिकेटको विकास गर्न ९ क्षेत्र मध्ये काठमाण्डौ बाहेक अन्य क्षेत्रमा अन्तराष्ट्रि मैदान निर्माण गर्ने तर यसलाई मल्टी यअर आधारमा अगि बढाईने छ । त्यस्तै एक खेल एक एकेडेमी निमार्ण गर्ने उद्धेश्य अनुरुप जग्गा उपलब्ध भएमा एकेडेमी निर्माणलाई अगाडी बढाईने, २/४ बर्ष भित्र जग्गा उपलब्ध गराईएमा बास्केटबल, ह्याण्डबल, भलिबल, ब्याडमिन्टन, उसु र बक्सिङ्गको कभर्डहल सहितको एकेडेमी निर्माण गर्ने योजना रहेकोछ । एक निर्वाखेलकुद मन्त्रालयद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक
युवा तथा खेलकुद मन्त्रालयले चालु अर्थिक बर्षको लागि विनियोजित बजेट तथा कार्यक्रमको बारेमा पारदर्शी ढंगले कार्यान्वयन गर्ने उद्धेशयले पत्रकार सम्मेलन मार्फत बजेट तथा कार्यक्रम सार्वजनिक गरेकोछ ।
सिंहदरवारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा सह–सचिव चुडामणी पौडेलले खेलकुद मन्त्रालयलाई प्राप्त बजेट विगतको तुलनमा २५ प्रतिशतले बृद्धि भएता पनि समष्टिगत बजेटको तुलनमा ०.३ प्रतिशत भन्दा माथि जान नसकेको बताए । उनले मन्त्रालयले पाएको १ अर्ब ८५ करोड ३८ लाख ७० हजारमा सातौ राष्ट्रिय खेलकुदको लागि आवश्यक २७ करोड र दक्षिण एशियाली खेलकुदको लागि आवश्यक ४ करोड यस समाविष्ट नभएको समेत जानकारी गराए । यदी त्यसलाई पनि समावेश गर्ने हो भने खेलकुदले २ अरव १० करोडको हाराहारीमा वजेट पाएको उनले बताए ।
उनले बजेटको अधिकांश भाग खेलकुद तर्फ विनियोजित भएको भन्दै खेलकुद विकास कार्यक्रम अन्तरगत १५ करोड ८४ लाख ८५ हजार र राष्ट्रिय खेलकुद परिषद तर्फ १ अर्व ४९ करोड २८ लाख ७२ हजार विनियोजन भएको पनि बताए ।
उनले कार्यक्रम सार्वजनिक गर्ने क्रममा ४ प अर्थात पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनलाई आधार मानेर कार्यक्रम र वजेट विनियोजन गरेको बताए । पूर्वाधार बिकासलाई क्रमिक रुपमा निर्माण गर्ने अवधारणा अनुरुप कार्ययोजना बनाईएको बताए । पूर्वाधार तर्फ त्रिविविमा एक अन्तराष्ट्रिय स्तरको ५ हजार दर्शक क्षमताको कभर्ड हल निर्माण गर्ने जसको लागि त्रिविवि संग सम्झौता भई सकेको र त्यसको लागि ५० लाख विनियोजन भई सकेको जनाए । उनले डिपिआर बनाई कार्य सुरु भई सकेको जनाए ।
गत बैशाखमा गएको भुकम्पका कारण क्षती भएको राष्ट्रिय खेलकुद परिषद परिसरको पुननिर्माणको लागि १० करोड विनियोजन भएको र त्यसको लागि नयाा भवन बनाईने समेत जानकारी गराए । त्यस्तै निर्माण तर्फ फुटबलको विकासको लागि च्यासल खेल मैदानलाई विकास गर्न ४ करोड, क्रिकेटको विकास गर्न ९ क्षेत्र मध्ये काठमाण्डौ बाहेक अन्य क्षेत्रमा अन्तराष्ट्रि मैदान निर्माण गर्ने तर यसलाई मल्टी यअर आधारमा अगि बढाईने छ । त्यस्तै एक खेल एक एकेडेमी निमार्ण गर्ने उद्धेश्य अनुरुप जग्गा उपलब्ध भएमा एकेडेमी निर्माणलाई अगाडी बढाईने, २/४ बर्ष भित्र जग्गा उपलब्ध गराईएमा बास्केटबल, ह्याण्डबल, भलिबल, ब्याडमिन्टन, उसु र बक्सिङ्गको कभर्डहल सहितको एकेडेमी निर्माण गर्ने योजना रहेकोछ । एक निर्वाचन क्षेत्र एक कभर्डहल निर्माणलाई अगि बढाईने । क्यानको सहभागितामा एनपिएललाई अघि बढाउन सिड मनी छुट्याईसकेको समेत जानकारी गराईयो ।
स्कुल टु ओलम्पिक भन्ने नारालाई सार्थक बनाउनको लागि प्रत्येक निर्वाचन क्षेत्रमा युवा खेलकुद स्वंसेवकलाई प्रशिक्षकलाई यसै बर्ष नियुक्त गर्ने तर्फ अग्रसर भईसकेको जानकारी गराए ।
खेलाडी प्रशिक्षकलाई प्रोत्साहन गर्नका लागि १ करोड स्विकृत भइसकेको र यसै बर्ष देखि पत्रकारहरुलाई पनि खेलकुद विकासमा योगदान गरे बापत खेलकुद पत्रकारलाई पनि पुरस्कृत गरिने भएकोछ । त्यसको लागि कार्यविधी निर्माण चरणमा पुगिसकेको बताए ।
कार्यक्रमको योजना कार्यान्वयनको लागि परिषद र मन्त्रालयले साथ साथै अनुगमन गर्नेछ । यो बर्ष बजेट कार्यान्वयन बर्ष भएकोले प्रत्येक कार्यको कार्यान्वयन गर्न मन्त्रालयले अनुगमन योजना बनाइ रहेको समेत सह–सचिव पौडेलले जानकारी गराए ।चन क्षेत्र एक कभर्डहल निर्माणलाई अगि बढाईने । क्यानको सहभागितामा एनपिएललाई अघि बढाउन सिड मनी छुट्याईसकेको समेत जानकारी गराईयो ।
स्कुल टु ओलम्पिक भन्ने नारालाई सार्थक बनाउनको लागि प्रत्येक निर्वाचन क्षेत्रमा युवा खेलकुद स्वंसेवकलाई प्रशिक्षकलाई यसै बर्ष नियुक्त गर्ने तर्फ अग्रसर भईसकेको जानकारी गराए ।
खेलाडी प्रशिक्षकलाई प्रोत्साहन गर्नका लागि १ करोड स्विकृत भइसकेको र यसै बर्ष देखि पत्रकारहरुलाई पनि खेलकुद विकासमा योगदान गरे बापत खेलकुद पत्रकारलाई पनि पुरस्कृत गरिने भएकोछ । त्यसको लागि कार्यविधी निर्माण चरणमा पुगिसकेको बताए ।
कार्यक्रमको योजना कार्यान्वयनको लागि परिषद र मन्त्रालयले साथ साथै अनुगमन गर्नेछ । यो बर्ष बजेट कार्यान्वयन बर्ष भएकोले प्रत्येक कार्यको कार्यान्वयन गर्न मन्त्रालयले अनुगमन योजना बनाइ रहेको समेत सह–सचिव पौडेलले जानकारी गराए ।

March 23, 2025

एरिकाको उपनाम ‘हिमालयन वारियर’

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]

March 19, 2025

‘एनओसीमा तालाबन्दी सरकारी हस्तक्षेप हो’ -ओसिए

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गरिनुलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारी हस्तक्षेप भनेको छ । ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले मंगलवार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई लेखेको पत्रमा भनेका छन्, ‘एनओसीको कार्यालय बन्द गरिएको तथा त्यहाँका कर्मचारीहरूलाई काम गर्न नदिइएको सुन्दा म अत्यन्तै आश्चर्यचकित भएको छु। […]

March 18, 2025

दसौं राष्ट्रिय खेलकुदको लोगो र मास्कट सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद २०८२ को अफिसियल लोगो र मास्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज लोगो र मस्कट सार्वजनिक गरे। रेड पाण्डा (हाब्रे) दसौंको अफिसियल मास्कटको रुपमा रहनेछ। कर्णाली प्रदेशमा पाईने दुर्लभ जनावर […]

Success

Thank you for your time.