10 years ago
October 1, 2015
काठमाडौं, असोज १४ गते ।
एनओसिको नवनिर्वचित नयाँ कार्यसमितिले आज बाट कार्यभार समहाल्ने भएको छ ।
आज एनओसिका निवर्तमान अधक्ष्य धुर्ब बहादुर प्रधानले नयाँ कार्य समितिका पदाधिकारी सहित सदश्यलाई स्वागत गरेका छन ।
एनओसिको गत महिना भएको निर्वाचनले जिवन राम श्रेष्ठलाई अधक्ष्य र लामा तेन्डी शेर्पालाई महासचिबमा चुनेको थियो ।
सदस्य हरु मा सन्जिव तुलाधर (एथलेटिक्स ), आङ डेन्डी शेर्पा (वुशु) , निलेन्द्र राज श्रेष्ठ (त्रायथोलन), तेज बहादुर गुरुङ (ह्यन्ड बल), सुनिल श्रेष्ठ (फेन्सिङ), अशोक बज्रचार्य (स्विमिङ), समिम मिया अन्सारी (रेस्लिङ), दिपक हर्श बज्रचार्य (जुडो), रमेश श्रेष्ठ (ब्याडमिन्टन) निर्वचित भएका थिए । उपाध्यक्षमा धिरेन्द्र प्रधान, ज्योती रमा, पुरेन्द्र बिक्रम लाखे र राजेन्द्र बन्तवा र कोषाध्यक्षमा रतन तन्डन चयन भएका थिए ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]