6 days ago
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् ।
नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्।
पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ घण्टा ३५ मिनेट ५७ सेकेन्ड समयमा दोश्रो र सोलुखुम्बुका अर्जुन कुलुङ राई ४ घण्टा ४१ मिनेट ४० सेकेन्ड समयमा तेश्रो भए ।
आर्मीका तिलकबहादुर सुनवार चौथो, रुकुमका शक्तिराम रोक्का पाँचौं, त्रिशुलीका राजेश उपरकोटी छैटौं, एपीएफका राजेन्द्र तामाङ सातौं, आर्मीका जुनेश खड्का आठौं, नविल बैंकका शेर थारु नवौं र रुकुमका दुर्गाराज बुढा दसौं भए ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा भएको प्रतियोगिताको महिलातर्फ ६ घण्टा १३ मिनेट २४ सेकेन्ड समय लगाएकी खोटाङकी निर्मला राई दोश्रो भइन् । तेश्रो स्थानकी नेपाल प्रहरीकी लाक्पा निमा शेर्पाले ७ घण्टा १४ मिनेट २० सेकेन्ड समय लगाइन् ।
दुवैतर्फका विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै चौथोले २०, पाँचौंले १० र छैटौंदेखि दसौं स्थानका खेलाडीले समान ३ हजार रुपैयाँ प्राप्त गरे ।
विजेतालाई बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, विदुर नगरपालिकाका उप मेयर प्रभा बोगटी, आयोजक नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर, राखेपका सदस्य जनकसिंह धामीलगायतले पुरस्कृत गरे ।
मुख्यमन्त्री लामाले अल्ट्रा रेसले कुनैपनि क्षेत्रको पर्यटकीय स्थलको प्रवद्र्धन र पहिचान गर्न मद्दत पुग्ने जनाउँदै प्रतियोगितालाई बागमती प्रदेश सरकारको सहयोग निरन्तर रहने बताए ।
अध्यक्ष कुँवरले त्रिशुली अल्ट्रा रेसलाई भविष्यमा पनि निरन्तरता दिदै अझ बृहत स्वरुपमा आयोजना गर्ने बताए ।
दौड नुवाकोटको बेलकोटगढीबाट सुरु भइ मलाकोट, शेराकोट, नुवाकोट दरबार, सूर्यगढी, बेत्रावती हुँदै नुवाकोटकै देवीघाट मन्दिरमा पुगेर टुंगिएको थियो ।
दौडमा ३ विदेशी खेलाडीसहित १ सय २५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।
April 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा चैत २५ देखि ३० गतेसम्महुने प्रतियोगितामा १ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, […]
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गरिनुलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारी हस्तक्षेप भनेको छ । ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले मंगलवार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई लेखेको पत्रमा भनेका छन्, ‘एनओसीको कार्यालय बन्द गरिएको तथा त्यहाँका कर्मचारीहरूलाई काम गर्न नदिइएको सुन्दा म अत्यन्तै आश्चर्यचकित भएको छु। […]