default_image

1 month ago

March 23, 2025

एरिकाको उपनाम ‘हिमालयन वारियर’

487 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ।

नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो ।

गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त गरेकी थिइन्।

एसियाड र एसियन च्याम्पियनसिपमा रजत पदक जित्ने एरिका एक्लो नेपाली खेलाडी हुन्।

साधारण सभाले विश्व कराते महासंघको निर्देशनअनुसार महासंघको विधानमा आवश्यक संशोधन गर्ने , प्रशासनिक , व्यवस्थापन सम्बन्धी नियमावली, कार्यविधि तथा निर्देशिका २०८१ अनुमोदन गरेको छ।

त्यस्तै राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक र टिम म्यानेजर सम्बन्धी कार्यविधि, महासचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको महासंघले जनाएको छ।

राष्ट्रिय कराते एकेडेमी को कार्यविधि, प्रतियोगिता व्यवस्थापन कार्यविधि पारित गरेको साधारण सभाले
महासंघमा रिक्त पदमा मनोनयन गर्ने अधिकार अध्यक्ष युवराज लामालाई दिएको छ ।

राष्ट्रिय टिम प्रशिक्षक कुशल श्रेष्ठ, मन्डे काजी श्रेष्ठ र राष्ट्रिय टिम छनोट समिति संयोजक दावा गुरुङ र सदस्यहरूलाई २ वर्षको पदक उपलब्धिका लागि साधारण सभाले धन्यवाद दियो ।

माला लामाको मुख्य आतिथ्यतामा भएको साधारण सभामा ७ प्रदेशका ३५ प्रतिनिधि, विभिन्न कराते संघका १४ कार्यसमिति सदस्य, १७ पर्यवेक्षक र अतिथिसहित ८९ जनाको सहभागिता रहेको महासंघले जनाएको छ।

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

April 3, 2025

नेपाली खेलाडीले पारा विश्व पौडी सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा चैत २५ देखि ३० गतेसम्महुने प्रतियोगितामा १ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, […]

March 19, 2025

‘एनओसीमा तालाबन्दी सरकारी हस्तक्षेप हो’ -ओसिए

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गरिनुलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारी हस्तक्षेप भनेको छ । ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले मंगलवार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई लेखेको पत्रमा भनेका छन्, ‘एनओसीको कार्यालय बन्द गरिएको तथा त्यहाँका कर्मचारीहरूलाई काम गर्न नदिइएको सुन्दा म अत्यन्तै आश्चर्यचकित भएको छु। […]

Success

Thank you for your time.