default_image

3 hours ago

February 28, 2025

१४ औं सागको मिति तयको स्वागत, एनओसीको नाममा सहभागितामा आपत्ति

234 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तानमा आयोजना हुने भनिएको १४ दक्षिण एसियाली खेलकुद (साग) को विषयमा भएको छलफलमा नेपाल ओलम्पिक कमिटी एनओसी) को नामबाट देशको सहभागिता हुने विषयमा भाग लिने वा कुनै निर्णय गर्ने कुरा पूर्णतः अवैधानिक भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ

एनओसी अध्यक्षको हैसियतमा जीवनराम श्रेष्ठले मंगलवार पाकिस्तानको लाहोरमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकमा भाग लिएका थिए।

एनओसीको नाममा,  विधान संशोधन र निर्वाचनका सम्वन्धमा सर्वोच्च अदालत र उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेकोले एनओसीको हैसियतले भाग लिनु सम्मानित अदालतको आदेश विपरित भएको राखेपले बताएको छ ।

राखेपका युवा तथा खेलकुद मन्त्रालय मार्फत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) संग समन्वय गरि यी सबै बिषयको जानकारी सहित ठोस समाधानका लागि पहल भइरहेको पनि राखेपले दाबी गरेको छ।

एनओसीको निर्वाचनलाई अवैध ठहर गरेको राखेपले १४ औं सागको मिति घोषणाको‌ स्वागत गरेको छ।एसओएसीले सन् २०२६ जनवरी २३ देखि ३१ तारिख सम्म १४ औं साग‌ आयोजना गर्ने गरेको थियो। बैठकमा भारतीय प्रतिनिधिको अनलाइन र बाँकी ६ राष्ट्रका प्रतिनिधिको भौतिक उपस्थिति रहेको एनओसीले जनाएको थियो।

राखेपले शुक्रवार जारी गरेको विज्ञप्तिमा भनेको छ,’ दक्षिण एसियाली क्षेत्रका लागि एक महत्वपूर्ण र प्रतिष्ठित वृहत खेलकुद प्रतियोगिता कारणबस तोकिएको समयमा हुन नसकेको अवस्थामा आयोजक समिति र पाकिस्तान ओलम्पिक कमिटिको प्रयासबाट प्रतियोगिताको मिति निधो गरी दक्षिण एशियाली क्षेत्रका खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गरी अघि बढ्न र आफ्नो खेल जीवनलाई सुनिश्चित गर्ने सुनौलो अवसर प्राप्त गर्ने विषयमा हामी स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषद् मित्रराष्ट्र पाकिस्तानलाई प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दछ’

February 28, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते – पहिलो दिन पुलिसको दबदबा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम‌ गरेको छ । ४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो। सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा […]

February 10, 2025

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघको आयोजनामा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप मंगलवार सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा ५४-होलको तीन दिने प्रतियोगितामा जुनियर गल्फरहरू विभिन्न तीन उमेर समूहमा प्रतिस्पर्धा गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। ब्वाइज (१७-२१ वर्ष), ब्वाइज (१२-१६ वर्ष), र गल्स (१२-२१ वर्ष) उमेर समुहमा प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिता फाल्डो […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.