2 months ago
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङमाथि शुक्रवार एक समूहबाट भएको दुर्व्यवहार र उहाँको कार्यकक्षमा गरिएको तोडफोडप्रति नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) र नेपाल ओलम्पियन एसोसिएसन (एनओए) को गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘जस्तो सुकै असहमतिलाई पनि मर्यादित ढंगले राख्ने अवसर हुँदाहुँदै खेल संघका नाममा गरिएको अशोभनीय र उदण्डताको एनएनआइपिए घोर भर्त्सना गर्दछ,’ शनिवार जारी विज्ञप्तिमा भनिएको छ ।
एनओएले विज्ञप्ति जारी गर्दै भनेको छ,’ खेलकुद र खेलाडीको अभिभावक संस्थाका कार्यकारी प्रमुखमाथि गरिएको यस्तो दुर्व्यवहार र तोडफोड जस्ता घटना कुनै हालतमा स्वीकार्य हुँदैन ।’
यो घटनाले समग्र खेलकुदकै बदनाम भएको उल्लेख गर्दै एनएनआइपिए र एनओएले घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघका प्रदाधिकारीसम्मिलित समूहले राखेप घिसिङमाथि दुर्व्यवहार गर्नुका साथै उनको कार्यकक्ष तोडफोड गरेको थियो ।
महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पा छिरिङ लामा घटनास्थलमा उपस्थिति थिए । लामा गत महिना भएको एनओसीको कार्यसमितिको सदस्यमा निर्विरोध निर्वाचित भएका थिए।
राखेपले बिहीवार पत्रकार सम्मेलन गर्दै उसु महासंघबाट लामाले झुटो विवरण पेस गरेर एनओसीको निर्वाचनमा सहभागी भएको जनाएको थियो।
लामासहित सहित पौडी संघबाट अशोकरत्न वज्राचार्य, कुस्ती संघबाट समिम मियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरुप कार्बाही प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको थियो ।
राखेपले उनीहरुलाई तीन दिनभित्र सफाई पेस गर्न भनेको एक दिनपछि नै लामासहितका टोली सदस्यसचिवको कार्यकक्ष पुगेको थियो।
यसैबिच शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष रहेको उसु महासंघको समूहले भने सो घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै निन्दा गरेको छ ।
कर्माचार्यको नेतृत्वमा रहेको महासंघले शुक्रवार विज्ञप्ति जारी गर्दै तोडफोडमा सहभागी समूहलाई २०८० भदौ १३ गते उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको उल्लेख गरेको थियो।
महासंघले सरकारी सम्पत्ति तोडफोड गर्नेहरुलाई कारबाही गर्न सरकार समक्ष माग गरेको छ । राखेपले उक्त घटनामा संलग्नविरुद्ध कालीमाटी प्रहरी वृत्तमा उजुरी दिइसकेको जनाएको छ ।
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]
April 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा चैत २५ देखि ३० गतेसम्महुने प्रतियोगितामा १ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, […]
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]