default_image

2 months ago

January 19, 2025

खो खो विश्व कप – नेपाली पुरुष टोली पनि दोस्रो

1521 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा भएको खो खो विश्व कपमा दोस्रो भएको छ ।

दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४-३६ ले पराजित हुँदै नेपाल उप विजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो।

नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो। शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो।

नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा नेपालले  ४ खेलबाट ६ अंक जोडेको थियो।

नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र पेरुलाई ८०-३४ लाई र भुटानलाई ९८-८ ले  हराएको थियो ।

नेपाली महिला टोली उपविजेता

खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ ।

नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो ।

पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा नेपाललाई २४ अंक मात्र जोड्न दियो । भारतले डिफेन्समा १ अंक पनि थप्यो ।

त्यसपछि तेस्रो टर्नमा ४० अंक जोड्दै भारत बलियो स्थितिमा पुग्यो । अन्तिम टर्नमा नेपालले १६ अंक मात्र जोड्दा भारतले ड्रिम रनमा ५ अंक थपेको थियो ।

युगाण्डालाई शनिवार ८९-१८ ले हराउँदै नेपाली टोली अन्तिम दुईमा‌ पुगेको हो । इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो।

नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो ।

नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगालादेशलाई ८४-२४ ले हराएको थियो । विश्व कपमा महिलामा १९ र पुरुषमा २० देशको सहभागिता थियो।

March 23, 2025

एरिकाको उपनाम ‘हिमालयन वारियर’

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]

March 19, 2025

‘एनओसीमा तालाबन्दी सरकारी हस्तक्षेप हो’ -ओसिए

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गरिनुलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारी हस्तक्षेप भनेको छ । ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले मंगलवार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई लेखेको पत्रमा भनेका छन्, ‘एनओसीको कार्यालय बन्द गरिएको तथा त्यहाँका कर्मचारीहरूलाई काम गर्न नदिइएको सुन्दा म अत्यन्तै आश्चर्यचकित भएको छु। […]

March 18, 2025

दसौं राष्ट्रिय खेलकुदको लोगो र मास्कट सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद २०८२ को अफिसियल लोगो र मास्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज लोगो र मस्कट सार्वजनिक गरे। रेड पाण्डा (हाब्रे) दसौंको अफिसियल मास्कटको रुपमा रहनेछ। कर्णाली प्रदेशमा पाईने दुर्लभ जनावर […]

Success

Thank you for your time.