default_image

1 month ago

January 18, 2025

खो खो विश्व कप – नेपाली पुरुष टोली पनि फाइनलमा

2469 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ।

दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो।

शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा नेपालले  ४ खेलबाट ६ अंक जोडेको थियो।

नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र पेरुलाई ८०-३४ लाई र भुटानलाई ९८-८ ले  हराएको थियो ।

नेपाली महिला टोली खो खो विश्व कपको उपाधि नजिक

नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको फाइनलमा पुगेको छ। युगाण्डालाई शनिवार ८९-१८ ले हराउँदै नेपाली टोली अन्तिम दुईमा‌ पुगेको हो ।

इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो। नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो।

नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगालादेशलाई ८४-२४ ले हराएको थियो ।

February 10, 2025

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघको आयोजनामा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप मंगलवार सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा ५४-होलको तीन दिने प्रतियोगितामा जुनियर गल्फरहरू विभिन्न तीन उमेर समूहमा प्रतिस्पर्धा गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। ब्वाइज (१७-२१ वर्ष), ब्वाइज (१२-१६ वर्ष), र गल्स (१२-२१ वर्ष) उमेर समुहमा प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिता फाल्डो […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

February 8, 2025

पुष्पसदन टेबलटेनिस – प्राइम ग्लोबललाई ५ स्वर्ण

ललितपुर ( हाम्रो खेलकुद)- पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगीतामा प्राइम ग्लोबल स्कुलले ८ मध्ये ५ इभेन्टमा स्वर्ण पदक जितेको छ। अधिकांश इभेन्ट्समा बाजी मारेको छ । कीर्तिपुरस्थित पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा ३ दिन चलेको प्रतियोगितामा प्राईम ग्लोबलले छात्र र छात्रा टिम इभेन्टस, सिनियर छात्र एकल र यु–१३ को इभेन्ट , यु–११ छात्रातर्फको उपाधि जितेको हो […]

Success

Thank you for your time.