4 months ago
January 18, 2025
धरान (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने धरान टेन के रनको पुरस्कार राशी घोषणा गरिएको छ।
धरान रन टिमले आयोजना गर्ने खुला १० किमी दौडको महिला र पुरुष दुवैतर्फ विजेताले समान ६०। हजार रुपैयाँ प्राप्त गर्नेछन्।
दोस्रो हुनेले ४० र तेस्रो हुनेले ३० हजार रुपैयाँ पाउनेछन्। धरान टेन के रन १३ औं नेवा च्यारिटी फागुनको १० गते धरानको भानुचोकबाट सुरु हुनेछ।
टेनके रन मा महिला पुरुष १२ वर्ष, १६ वर्ष मुनि, भेट्रान, मिड भेट्रान, सुपर भेट्रान, ह्विलचियरको अलग अलग प्रतिस्पर्धा हुनेछ। सबै विधाका विजेता नगदसहित पुरस्कृत हुनेछन् ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]