1 month ago
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा भाग वा नलिएका सबै २७ राष्ट्रिय संघलाई शुक्रवार स्पष्टीकरण सोधेको छ।
सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै शनिवार अनलाइनमार्फत भएको निर्वाचनमा एनओसीमा आबद्ध २० संघका प्रतिनिधिले मतदान गरेका थिए। निर्वाचनमा भाग लिए वा नलिएका सबै संघलाई राखेपले ३ दिन भित्र स्पष्टीकरण बुझाउन निर्देशन गरेको छ।
एनओसीले पटक पटक अदालतको आदेशको अवज्ञा र राखेपको निर्देशक अटेर गर्दै निर्वाचन गरेको थियो। उच्च अदालत पाटनको आदेश विरुद्ध हुने गरि मंसिरमा विशेष साधारणसभा गर्दै एनओसीले विधान संशोधन गरेको थियो।
त्यहि विधानलाई टेकेर पुस १३ गते एनओसीले निर्वाचन गर्दा पुस ११ गते निर्वाचन नगर्नु नगराउनु भन्ने सर्वोच्च आदेशको अवज्ञा गरेको थियो। सर्वोच्चको आदेश पालन गर्नका लागि राखेपले राष्ट्रिय संघहरुलाई सुचना जारी गरेको थियो। तर २० जना प्रतिनिधिले त्यसको अटेर गर्दै मतदानमा भाग लिएका थिए।
संसोधित विधानका आधारमा जीवनराम श्रेष्ठ तेस्रो पटक एनओसी अध्यक्षमा निर्वाचन भएका थिए । अध्यक्ष बाहेक ७ उपाध्यक्ष, १ महासचिव, १ सह महासचिव, ३ सचिव र ५ सदस्य निर्विरोध निर्वाचित भएको एनओसीले जानकारी दिएको थियो।
‘आफ्नै निर्वाचन नगरेर एनओसीमाको निर्वाचनमा भाग लिएका र अधावधिक रहेर एनओसीको निर्वाचनमा भाग लिएका, निर्वाचन प्रक्रियामा भाग नलिएका सबैलाई स्पष्टीकरण सोधेका छौं,’ राखेप स्रोतले भन्यो, ‘सबैको उस्तै अवस्था छैन । २७ संघको एनओसीको निर्वाचनमा के कस्तो भूमिका रह्यो भन्ने जवाफका लागि स्पष्टीकरण आएपछि थाहा हुन्छ । त्यसपछि अन्य प्रक्रिया अघि बढ्नेछ।’
एनओसीमा आबद्ध सबै संघ राखेपमा दर्ता छन् । यद्दपी त्यसमा पनि केही संघ राखेपमा अलग र एनओसीमा अलग नेतृत्वमा अस्तित्वमा छन् । एनओसी आफै पनि राखेपका दर्ता छ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा प्रवेशमा नेपाल प्रहरी शुक्रवार रोक लगाएको छ। प्रहरीले प्रवेशमा रोक लगाएको एनओसीका कार्यकारी सचिव सुजन लाल श्रेष्ठले बताए । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनपछि प्रहरी बृत सातदोबाटो खटिएको प्रहरीबाट जानकारी प्राप्त भएको पनि श्रेष्ठले बताए । एनओसीले आज २ बजेका लागि राष्ट्रिय खेलकुद संघको […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा भएको खो खो विश्व कपमा दोस्रो भएको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४-३६ ले पराजित हुँदै नेपाल उप विजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो। नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको […]
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो। शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा […]