2 months ago
December 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- थापाथली चेस पार्कले सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ।
ललितपुर स्पोर्ट्स क्लबमाथि मंगलवार कठिन जित निकाल्दै थापाथली चेसले उपाधि जितेको हो।
थापाथलीले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको गेममा २-२ अंक बराबर गर्दै र्यापिड चरण सम्म धकेल्न सफल भएको थियो।
ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा क्लासिकल खेल रोमाञ्चक मोड लिदै बराबरीमा टुंगिएको थियो। पहिलो बोर्डमा थापाथली चेसका एफएम रिजेन्द्र राजभण्डारी ललितपुर स्पोर्ट्सका सिएम सजिन महर्जनसँग हार व्यहोरे । चौथो बोर्डको स्पर्धामा नेशनल वोमन च्याम्पियन सिन्दिरा जोशी बिनिता कपाली सित पराजित भइन् ।
टिम गेममा थापाथली चेसले २ अंक गुमाउँदाको दबाब झेल्दै दोश्रो बोर्डमा खेलेका सुशील चौधरीले शैलेन्द्र न्यौपाने माथि जित निकाल्दै १ अंक जोडे। तेस्रो बोर्डमा आशिष फुयालले रिसोन थापालाई टाइम आउट गराउँदै टिमको स्कोर २-२ बनाए।
लगत्तै प्रतिस्पर्धा र्यापिड चरणका प्रवेश भएको थियो। जहाँ रिजेन्द्र पुन: सजिन सँग पराजित भए। थापाथली चेसका अन्य खेलाडी सुशील, आशिष र सिन्दिराले आआफ्नो खेल जितेर ३ – १ अंकको स्कोर बनाउँदै टोलीलाई उपाधि दिलाए ।
थापाथलीले प्रतियोगितामा ह्याट्रिक गर्यो । उपाधिसहित थापाथलीले २ लाख रुपैयाँ प्राप्त गर्यो । दोस्रो भएको आयोजक ललितपुर स्पोर्ट्सले १ लाख २० हजार रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगिताको उच्च वरियता ललितपुर महानगरपालिका टोली तेस्रो हुँदै ६० हजार र चौथो भएको दोलखा चेस होमले ४० हजार रुपैयाँ प्राप्त गर्यो।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंक लाल घिसिङले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
घिसिङले खेलकुद सरकारको मातहतमा रहनु पर्ने जिकिर गर्दै राज्यको न्यायालयले दिने निर्देशन सबैले नि:शर्त पालना गर्नु पर्ने बताए । उनले भने,’ बौद्धिक खेल बुद्धिचालले अनुशासन सिकाउँछ। यसलाई सबैले समयमै अनुसरण गरे खेलकुद सहि ढंगवाट अगाडि बढ्ने वातावरण श्रृजना हुनेछ।
आयोजक नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाल खेललाई आगामी राष्ट्रपति रनिङ्ग शिल्डमा समावेश गर्न आग्रह गर्दै बुद्धिचाल सबै भन्दा बढि गतिविधि गर्ने संघ भएको दाबी गरे।
महासंघका प्रवक्ता राजु ताम्राकारले सञ्चालन गरेको समारोहमा प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा, महासंघका उपाध्यक्ष धिरेन बोगटी, उप महासचिव मोनालिसा खम्बू लगायतको उपस्थिति थियो।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]